१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नेपाल प्राध्यापक संघका नवनियुक्त अध्यक्ष प्राडा रमेशकुमार जोशी ।
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण ३० सोमबार २०:५३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाल प्राध्यापक संघको अध्यक्षमा रमेशकुमार जोशी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण ३० सोमबार २०:५३:००

विभिन्न विश्वविद्यालयका प्राध्यापकहरूको साझा संस्था नेपाल प्राध्यापक संघको अध्यक्षमा प्रा.डा. रमेशकुमार जोशी नियुक्त भएका छन् । 
प्राडा बुद्धबहादुर थापा सेवानिवृत्त भएसँगै २७ साउनदेखि अध्यक्षको पद रिक्त भएको थियो । थापा अध्यक्ष हुँदा उपाध्यक्ष रहेका जोशी संघको विधानअनुसार अध्यक्ष नियुक्त भएका हुन् । जोशीले पद पहाली गरिसकेका छन् । 

जोशीले प्राध्यापक संघको विभिन्न पदमा रहेर भूमिका निर्वाह गर्दै आएका थिए । नवनियुक्त अध्यक्ष जोशीले अध्यक्षका रूपमा अब यसअघि संघले सरकारसमक्ष राखेका २१बुँदे माग कार्यान्वयन गराउन पहल गर्ने प्रतिक्रिया दिए । 

प्राध्यापकहरूले मर्यादाक्रम कार्यान्वयन गर्नुपर्ने, शिक्षामा बजेट बढाएर अनुसन्धानको वातावरण बनाउनुपर्ने, नयाँ विश्वविद्यालय खोल्नुअघि भएकालाई राम्रो बनाउनुपर्नेलगायतका माग राखेका छन् । सरकारले प्राध्यापकलाई ११औँ नम्बरमा सचिवसरहको मर्यादाक्रम कायम गरेको छ । तर, सचिवले सम्मान पाए पनि प्राध्यापकले सोसरह सम्मान नपाएको गुनासो सुनिँदै आएको छ ।