Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७९ श्रावण ३० सोमबार ०९:१५:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

भूकम्प गएको सात वर्षमा पनि सम्पन्न भएन पुनर्निर्माण 

Read Time : < 1 मिनेट
२०७९ श्रावण ३० सोमबार ०९:१५:००

तनहुँमा सात वर्षमा १२ हजार चार सय ३६ लाभग्राहीको घर निर्माण सम्पन्न भएको छ । चार हजार नौवटा घरको पुनर्निर्माण भने अझै सकिएको छैन । ०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले तनहुँमा धेरै घरमा क्षति पुर्‍याएको थियो । क्षति पुगेका घरको निरीक्षण गरी राज्यले तीन लाख रुपैयाँ उपलब्ध गराएको थियो । तर, लाभग्राहीले समयमै घर निर्माण भने गर्न सकेनन् । जसका कारण पुननिर्माणमा ढिलाइ भएको हो ।

भूकम्पले धेरै घरमा क्षति पुगे पनि न्यून स्तर भएका लाभग्राहीको घर अहिलेसम्म पुनर्निर्माण हुन सकेको छैन । ज्यालामजदुरी गरी परिवार पाल्ने लाभग्राहीलाई समस्या भएको हो । त्यस्तै गरी पछिल्लो समय कोभिड फैलिएकाले पनि लाभग्राहीले समयमै घर निर्माण गर्न नसकेका हुन् । हालसम्म १५ हजार एक सय ४४ जनाले पहिलो किस्ता र १२ हजार नौ सय १५ जनाले दोस्रो किस्ता लगेका छन् । भूकम्पको किस्ता लिन दैनिकजसो लाभग्राहीहरू कार्यालय पुग्ने गरेका छन् ।

जिल्लामा १६ हजार चार सय ४५ लाभग्राही छन् । तीमध्ये १५ हजार तीन पूर्ण लाभग्राही र एक हजार एक सय ४२ आंशिक लाभग्राही छन् । भूकम्प गएपछि क्षति पुगेका घरको तथ्यांक संकलन गरिएको थियो । त्यतिखेर १४ हजार दुई सय ८७ कायम भएको थियो ।  

लाभग्राहीको गुनासो आएपछि छुट तथा पुनःजाँच सर्वेक्षण गरिएको जिल्ला आयोजना कार्यान्वयन एकाइ भवन तथा आवास तनहुँका कम्प्युटर अपरेटर सुजन तिवारीले बताए । ‘छुट तथा पुनःजाँच सर्वेक्षणबाट एक हजार ६ सय ८० र पुनरावेदनबाट एक सय ७८ कायम भएको हो,’ उनले भने ।