मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ श्रावण २९ आइतबार
  • Wednesday, 09 July, 2025
२o७९ श्रावण २९ आइतबार २३:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जंगली जनावरको आक्रमणबाट दुईजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण २९ आइतबार २३:५८:oo

भेरीगंगा नगरपालिका– ५ सुर्खेत गेरवानीका दुईजनाको जंगली जनावरको आक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा गेरवानी निवासी ४८ वर्षीय रामबहादुर चन्द र ६७ वर्षीय कवि वली छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डिएसपी सुरज कार्कीले बर्दिया राष्ट्रिय निकुञ्जनजिक रहेको बफर जोन (मध्यवर्ती क्षेत्र)को जंगलमा घाँस काट्न गएका वेला उनीहरूलाई जंगली जनावरले आक्रमण गरेको जानकारी दिए । 

‘उनीहरू आज आफ्नो घरदेखि तीन–चार सय मिटर पूर्वतर्फ बर्दिया राष्ट्रिय निकुञ्जनजिक रहेको बफर एरियामा घाँस काट्न गएका रहेछन्,’ डिएसपी कार्कीले भने, ‘उनीहरू अबेरसम्म नफर्किएपछि  आफन्तले दिउँसो साढे चार बजेतिर अस्थायी प्रहरी पोस्ट बबईमा खबर गरे । त्यसपछि खोजतलास गर्दा दुवै मृत भेटिए ।’

खबरपश्चात् तत्काल प्रहरी टोली, बर्दिया राष्ट्रिय निकुञ्ज देवदत्त गण चिसापानी सुरक्षा चेक प्वाइन्ट चेपाङ बबईबाट खटिएका नेपाली सेना, निकुञ्जका कर्मचारी र स्थानीय मानिसले खोजतलास गर्दै जाँदा दुवैलाई जंगली जनावरले आक्रमण गरी मृत्यु भएको अवस्थामा फेला पारेको उनले बताए ।