नागरिकता विधेयक फिर्ता पठाउनु असंवैधानिक : यादव

आइतबार, २९ साउन, २०७९
डिजिटल संस्करण
नागरिकता विधेयक फिर्ता पठाउनु असंवैधानिक : यादव

फाइल तस्बिर

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाउनु गलत भएको प्रतिक्रिया दिएका छन् । अध्यक्ष यादवले सोही विधेयक तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशको रूपमा प्रमाणीकरणका लागि पठाउँदा राष्ट्रपति भण्डारीले पारित गरेको भन्दै अहिले जनताका प्रतिनिधिहरूको दुवै सदनबाट पारित भएकाे विधेयक फिर्ता पठाउनु अस‌ंवैधानिक भएको  बताए । 

‘यो कदम असंवैधानिक छ, संविधानमै स्पष्ट के छ भने हरेक नागरिकलाई नागरिकताको अधिकारबाट वञ्चित गरिएको छैन,’ उनले भने, ‘यो कमदले नागरिकलाई नागरिकताको अधिकारबाट वञ्चित गराउँछ ।’ अध्यक्ष यादवले राष्ट्रपतिले आफ्नै निर्णय उल्ट्याएको दाबीसमेत गरे । 

सुझावित समाचार