मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
शशीधर भण्डारी
२०७९ श्रावण २९ आइतबार २१:०२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्युठानमा जिप दुर्घटनामा परी तीनको मृत्यु, १६ घाइते 

Read Time : < 1 मिनेट
शशीधर भण्डारी
२०७९ श्रावण २९ आइतबार २१:०२:००

प्युठानको नौबहिनीमा भएको जिप दुर्घटनामा चालकसहित तीनजनाको मृत्य भएको छ भने १६ जना घाइते भएका छन् । आइतबार साँझ करिब छ बजे भएको दुर्घटनामा परी चालकसहित एकैघरका दिदीभाइको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । 

बाग्दुलाबाट डामृतर्फ जाँदै गरेको लु १ ज १५४५ नम्बरको जिप नौबहिनी गाउँपालिका–६, बाहाने बजारनजिकैको घुम्तीमा अनियन्त्रित भई दुर्घटनामा परेको हो । दुर्घटानमा परी नौबहिनी–५ डामृका रेमसरा बुढामगरकी २५ दिने शिशु चेतना बुढामगर र चार वर्षीया करुणा बुढामगरको मृत्यु भएको हो । सोही ठाउँनिवासी जिपचालक २५ वर्षीय लुकेश थापाको उपचारको क्रममा जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए । 

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक सुशील थापाका अनुसार दुर्घटनामा परी घाइते भएका १६ जनाको जिल्ला अस्पताल प्युठानमा उपचार भइरहेको छ ।