मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ श्रावण २९ आइतबार
  • Friday, 11 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण २९ आइतबार १२:३७:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

कति छ आज सुनचाँदीको मूल्य ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण २९ आइतबार १२:३७:oo

सुनचाँदी बजारमा आइतबार छापावाल सुनको मूल्य प्रतितोला रु. ९७ हजार आठ सय तोकिएको छ। अघिल्लो दिन प्रतितोला रु ९७ हजार तीन सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु. पाँच सयले बढेको हो। 
    
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९७ हजार तीन सय छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला रु. ९६ हजार आठ सय थियो। 
    
त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु. २५ ले बढेर रु. एक हजार दुई सय ५० पुगेको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासंघले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ।