निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असोज १४ शुक्रबार
  • Friday, 30 September, 2022
२०७९ श्रावण २८ शनिबार १५:५४:००
Read Time : > 1 मिनेट
फिचर डिजिटल संस्करण

आफन्तको सम्झनामा पुल बनाउनेहरू

Read Time : > 1 मिनेट
२०७९ श्रावण २८ शनिबार १५:५४:००

मान्छेको जीवनलाई नदीसँगै तुलना गर्ने गरिन्छ। नदीजस्तै बगिरहने जिन्दगीमा नदीसँग जोडिएका अनेकौँ कथा छन्।

नदी सधैँ शान्त र अनुशासित हुँदैन, न मान्छेको जिन्दगी नै। पूर्वी पहाडका साना खहरेदेखि नदीसम्मले धेरैको ज्यान लिने गरेको छ। वर्षायाममा उर्लेर आउने भेलबाट जीवन जोगाउन पहिले अनेकौँ प्रयास गरिन्थ्यो । सानो लगानीमा फड्के बनाउनेदेखि ठूलै लगानी गरेर झोलुंगे पुल बनाउनेसम्मका काम हुन्थे ।

फड्केको भर हुँदैन। तैपनि त्यो समाजसेवाको नमुना हो। कतिपय यस्ता इतिहास पनि छन् जसले निःस्वार्थ समाजसेवाको झल्को दिन्छ। खोज्दै जाँदा निःस्वार्थ भावले पुल बनाइदिनेका कथाहरू पनि भेटिन्छन् ।

विसं २०२० को दशकको कुरा हो। त्यसवेला झोलुंगे पुल बनाउने आँट गर्नु त्यति सहज थिएन। धन भएर मात्र पनि सम्भव थिएन। तर, पनि एउटा अनुकरणीय उदाहरण हो– ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका र पाँचथरको हिलिहाङ जोड्ने लिम्बुनी पुल । निधुरादिनबाट अमरपुर जान तमोर खोला तर्दा स्थानीयले भोग्नुपर्ने समस्या देखेर विष्णुमाया नाल्बो आङ्बुहाङले सो पुल बनाएकी थिइन्। उनी हालको ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका– ५ चाँगेको नेसुममा १९३४ साल चैत्रमा जन्मिएकी बताइन्छ। त्यतिखेर बनेको सो पुलको अस्तित्व अहिले छैन। यद्यपि, त्यही स्थानमा अहिले उनको नाममा अर्को पुल बनाइएको छ।

कुनै पनि काम गर्न उमेर वा धन होइन दृढ संकल्प हुनुपर्छ भन्ने कुरालाई विष्णुमायाले चरितार्थ गरेकी थिइन्। सो पूल निर्माण पूरा हुँदा उनी करिब ७५ वर्ष टेकेकी स्थानीयहरू बताउँछन्। नेपालमा राणाशासन अन्त्यको समयमा आफ्ना श्रीमान् गुमाएकी उनले श्रीमानकाे सम्झनामा पुल बनाएकी थिइन्। पुल बनाउन आवश्यक सामग्री भारतको सिलिगुडीबाट ल्याइएको थियो। पुल बनेपछि पाँचथर, ताप्लेजुङ र तेह्रथुमका गाउँले सबैलाई सहज भयो। गाउँबाट ढाकर बोकेर लहरै हिँड्ने भरियाहरू त खुसी थिए नै, बर्सेनि जीवन गुम्ने डर पनि हराएको थियो।

उता, फूलबारी र फुङलिङ जोड्ने तमोर नदीमा स्थापना भएको खड्कुँडे पुलको कथा पनि त्यस्तै छ। स्थानीय एक समाजसेवीले खड्कुँडाभरि सिक्का ल्याएर पुल बनाइका थिए रे ! दशवर्षे सशस्त्र द्वन्द्वको समयमा त्यो पुल काटियो। अहिले नेपाल सरकारले पुनः सोही स्थानमा झोलुंगे पुल निर्माण गरेको छ ।

समाजमा यस्ता थुप्रै वास्तविक कथा छन्, जसका पात्रले निःस्वार्थ समाजसेवा गरे। तर, पछिल्लो समय समाजसेवा भड्किलो भइरहेको पुराना पुस्ताका वृद्धवृद्धाको बुझाइ छ। ‘पहिले–पहिले समाज सेवाको नाममा सामान्य परिवारले धारो, पार्टी, चौतारी बनाउँथे। सक्नेले झोलुंगे पुल, विद्यालय बनाउँथे,' आठराई त्रिवेणी गाउँपालिका–१ का ७३ वर्षीय कासीनाथ पौडेलले भने अहिले आफ्नो स्वार्थ पूरा गर्नका लागि समाजसेवाको आवरण ओढ्नेहरू बढेकामा उनी चिन्तित छन्।