१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार ११:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

निर्वाचनका लागि उम्मेदवारको नाम प्रस्ताव गर्न कांग्रेसको निर्देशन, टिकट वितरणको जिम्मेवारी देउवालाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:४८:oo

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि पार्टीबाट उम्मेदवारको नाम प्रस्ताव गर्न निर्देशन दिएको छ।

शनिबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले उम्मेदवारको नाम प्रस्ताव र सिफारिस गर्नका लागि पार्टीको सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको हो। बैठकले टिकट वितरणको जिम्मेवारी प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई दिने निर्णय गरेको छ।

त्यसैगरी, निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने, दर्ताको सम्पूर्ण प्रक्रिया पूरा गर्ने जिम्मेवारी पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई दिने तथा भाद्र २ देखि सञ्चालन गर्ने भनिएको निर्वाचनकेन्द्रित अभियान भाद्र १० देखि २४ गतेसम्म सञ्चालन गर्ने निर्णय भएको कांग्रेसले विज्ञप्तिमार्फत जनाएको छ ।

 

ad
ad