मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ श्रावण २७ शुक्रबार २०:३०:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

गाईजात्राको अवसरमा पोखरामा चित्रकला प्रदर्शनी 

Read Time : < 1 मिनेट
२०७९ श्रावण २७ शुक्रबार २०:३०:००

गाईजात्रा एवं श्रीकृष्ण जन्माष्टमीको अवसर पारी पोखरामा ‘गाई’ शीर्षकमा कला प्रदर्शनी सुरु भएको छ । प्रर्दशनीमा कलाकार नगेन सिंहको ‘अल्कोहलिक ईंक’ माध्यमद्वारा बनाइएका २१ वटा चित्रहरू राखिएका छन् । ‘गाई’ शीर्षकमा तयार गरिएका चित्रहरूमा गाईलाई विभिन्न आकृतिमा प्रस्तृत गरिएको छ । सिंहको यो ११औँ एकल चित्रकला प्रदर्शनी हो । आयोजकले ‘अल्कोहलिक ईंक’को प्रयोगबाट तयार गरिएको चित्रहरूको प्रर्दशनी नेपालकै पहिलो भएको दाबीसमेत गरेका छन् ।

कार्यक्रममा कलाकार लोकप्रसाद गुरुङले साहित्य र कलाको संरक्षण एवं विकासका लागि अपेक्षाकृत रूपमा काम हुन नसकेको बताए । कलाकार सिंहले कलाकार राष्ट्रका गहना होइन, कलाकार राज्यको अभिन्न अंग रहेको बताए । देशमा कला विकासको लागि ललितकला विकास बोर्डको स्थापना हुनुपर्ने सरकारसँग उनको माग छ । कलाकारले कलामार्फत धेरै विषयमा जनजागरण फैलाउने काम गदै आएको उनको भनाइ थियो । 

कलाकार सिंहले यसअघि १० वटा एकल चित्रकला प्रदर्शनी र दर्जनौँ सामूहिक चित्रकला प्रदर्शनी आयोजना गरिसकेको नगेन आर्ट एकेडेमीका सञ्चालक ज्योति हमालले बताइन् । नगेन आर्ट एकेडेमी र विश्व हिन्दु युवा संघको संयुक्त आयोजनामा सुरु भएको प्रर्दशनी ६ भदौसम्म चल्नेछ ।