पछिल्लो समय निरन्तर रूपमा गिरावट हुँदै आएको नेप्से परिसूचक बिहीबार पनि गिरावट आएको छ। बिहीबार नेप्से परिसूचक १९.०६ अंकले घटेर २०३७.८३ बिन्दुमा झरेको हो।
त्यस्तै, सेन्सेटिभ इन्डेक्स ४.०९ अंक घटेको छ भने फ्लोट इन्डेक्स ०.८३ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.०१ अंकले घटेको छ। बिहीबार कारोबारमा आएका २२३ कम्पनीको ६२ लाख ९८ हजार ६३८ कित्ता सेयर १ अर्ब ७६ करोड १० लाख २३ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ।
नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। बुधबार १ अर्ब ९३ करोडबराबरको सेयर कारोबार भएको थियो। नेप्सेका १३ उपसमूहमध्ये म्युचुअल फन्ड उपसमूहबाहेकका १२ वटा उपसमूको परिसूचकमा गिरावट आएको छ। म्युचुअल फन्ड उपसमूहको परिसूचक ०.४६ प्रतिशत बढेको छ।