१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार o६:१२:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

मह अभिनीत ‘महापुरुष’मा शिवमकाे सहकार्य

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:१२:oo

शिवम् सिमेन्ट लिमिटेड र षट्कोण आर्टस्बीचमा नेपाली कथानक चलचित्र ‘महापुरुष’ निर्माणका लागि आर्थिक तथा प्रवद्र्धनात्मक क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ । पछिल्लो समयमा नेपाली चलचित्र क्षेत्रलाई आर्थिक सहयोग गर्दै त्यही चलचित्रमा आफ्ना उत्पादनको प्रवद्र्धन गर्ने प्रचलनअनुसार शिवम् सिमेन्टले महापुरुषमा सहकार्य गर्ने भएको हो । हाल चलचित्रलाई आर्थिक रूपमा सबल बनाई गुणस्तर विस्तार गर्न विभिन्न ब्रान्डहरूसँग सहकार्य गर्ने क्रम बढ्दै गएको छ ।

यसैको निरन्तरतास्वरूप एक–आपसको भरोसालाई मजबुत पार्ने उद्देश्यले शिवम् सिमेन्टले यसअघि मह सञ्चारको अघिल्लो चलचित्र ‘शत्रु गते’, ‘दालभात तरकारी’लगायतका फिल्महरूमा समेत सहकार्य गरेको जनाएको छ । यसबाट दुवै पक्षलाई एक–आपसको प्रवद्र्धनमा थप टेवा पुग्नुका साथै बजारबाट पनि सकारात्मक प्रतिक्रिया आएको कम्पनीको बुझाइ छ । यसैको निरन्तरतास्वरूप शिवम् सिमेन्ट र षट्कोण आर्टस्बीच मह अभिनीत महापुरुष चलचित्रमा पनि सहकार्य गर्ने सम्झौता सम्पन्न भएको जनाइएको छ ।  

हस्ताक्षर कार्यक्रममा शिवम् सिमेन्टका सेल्स एन्ड मार्केटिङका भाइस प्रेसिडेन्ट केपी रिजाल, कन्ट्री हेड निखिल अग्रवाल र डिजिएम मार्केटिङका केशव अर्याल उपस्थित रहेको जनाइएको छ । त्यस्तै, षट्कोण आर्टस्को तर्फबाट निर्देशक प्रदीप भट्टराई, निर्माता रवीन्द्रसिंह बानियाँ, कलाकार राजाराम पौडेल, गौरी मल्ल, अरुण क्षत्रीलगायत अन्य कलाकारहरूको उपस्थिति रहेको थियो । उक्त चलचित्र आगामी कात्तिक ११ मा रिलिज हुने र मुख्य कलाकारका रूपमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ललगायतका कलाकारहरू रहेको जनाइएको छ । सम्झौतामा हस्ताक्षरपछि षट्कोण आर्ट्का तर्फबाट निर्देशक प्रदीप भट्टराईले शिवम् सिमेन्टजस्तो अग्रणी ब्रान्डसँग सहकार्य गरी चलचित्र निर्माण एवम् प्रवद्र्धनमा थप टेवा पुग्नुका साथै अन्य ब्रान्डलाई समेत सहकार्य गर्न हौसला मिलेको बताए । यसरी विभिन्न ब्रान्डहरूले चलचित्र क्षेत्रमा सहकार्य गर्नु सकारात्मक भएको उनको भनाइ थियो ।

शिवम् सिमेन्टले आफूप्रतिको भरोसालाई मजबुत पार्दै विभिन्न क्षेत्रहरूमा जस्तै, शिक्षा, स्वास्थ्य, खेलकुद, यातायात, वातावरण व्यवस्थापन एवं वृक्षारोपण, सरसफाइ, मनोरञ्जन जस्तो क्षेत्रमा विभिन्न कार्यक्रमहरू गर्दै आएको जनाएको छ । कम्पनीले आफ्नो गुणस्तरीय उत्पादन तथा बिक्री–वितरण र बिक्रीपछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको दाबी गरेको छ । देशका विभिन्न ठूला–ठूला राष्ट्रिय गौरवका आयोजनाहरूमा आफ्नो महत्वपूर्ण भूमिका निभाउँदै आएको जनाउँदै आफ्नो उत्पादन गुणस्तरीय भएको प्रमाणित भई सिमेन्ट जगत्मै पहिलोपटक एनएस क्वालिटी अवार्ड–२०१९ प्रथमबाट सम्मानित भएको जनाइएको छ । 
 

ad
ad