१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७९ श्रावण २४ मंगलबार २२:१०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

श्रीमान् मृत भेटिएपछि श्रीमती पक्राउ

Read Time : < 1 मिनेट
२०७९ श्रावण २४ मंगलबार २२:१०:००

भरतपुर महानगरपालिका– २१ पार्वतीपुरका ५६ वर्षीय टीकाराम विक आफ्नै घरमा मृत भेटिएका छन् । प्रहरीले टीकारामकी श्रीमती बिनमायालाई नियन्त्रणमा लिएर अनुसन्धानअगाडि बढाएको छ । 

प्रहरीका अनुसार भित्रबाट कोठाको चुकुल लगाई ओछ्यानमा लडिरहेकाे देखेपछि परिवारका सदस्यले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले चुकुल भत्काएर भित्र पस्दा उनको मृत्यु भइसकेको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी नरहरि अधिकारीका अनुसार खुट्टाले भुइँमा टेकेको, टाउको र जिउको भाग खाटमा घोप्टो परेको अवस्थामा विक भेटिएका थिए । तालुको भागमा काटेको चोट थियो ।
अधिकारीले भने– सोमबार बिहान झगडा हुँदा श्रीमतीले अचानोले टाउकोमा हान्दा उक्त चोट लागेको रहेछ । थप अनुसन्धान जारी छ । शव पोस्टमार्टमका लागि भरतपुर सरकारी अस्पताल लगिएको छ ।