आदिवासी जनजाति दिवसमा तनहुँका पाँच पालिकामा सार्वजनिक बिदा

सोमबार, २३ साउन, २०७९
डिजिटल संस्करण
आदिवासी जनजाति दिवसमा तनहुँका पाँच पालिकामा सार्वजनिक बिदा

२८औँ विश्व आदिवासी दिवसका अवसरमा सोमबार काठमाडाैंमा निकालिएको र्यालीमा जनजाति भेषभूषामा सजिएका युवतीहरू । तस्बिर : चन्द्रकला क्षेत्री/रासस

२८औँ विश्व आदिवासी जनजाति दिवसका अवसरमा तनहुँका पाँचवटा स्थानीय पालिकाले सार्वजनिक बिदा दिएका छन् । जिल्लाका तीन नगरपालिका र दुई गाउँपालिका कार्यालयले साउन २४ गते मंलबारका लागि सार्वजनिक बिदा दिएका हुन् । 

जिल्लाका १० पालिकामध्ये व्यास नगरपालिका, भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, ऋषिङ गाउँपालिका र म्याग्दे गाउँपालिकाले सार्वजनिक बिदा दिएका छन् ।  विश्व आदिवासी जनजाति दिवसका अवसरमा स्थानीय बिदा दिने निर्णयअनुरूप सार्वजनिक बिदा दिइएको व्यास नगरपालिका कार्यालयका नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । 

बिदा दिइएका पालिकामा अत्यावश्यकबाहेक कार्यालय, वडा कार्यालय, सेवा कार्यालय, आधारभूत स्वास्थ्य कार्यालयलगायतका सबै संघसंस्था बिदा हुने उनले जानकारी दिए । 

नगरपालिकाभित्रका सबै विद्यालय, पालिकाभित्र सञ्चालित बैंक तथा वित्तीय संस्था तथा निजी संघसंस्था र निकायहरूलाई समेत सार्वजनिक बिदा दिइएको छ ।

आदिवासी जनजातिहरूको बाहुल्य रहेको क्षेत्र भएका कारण सार्वजनिक बिदा दिइएको ऋषिङ गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए ।

सुझावित समाचार