मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ श्रावण २३ सोमबार १६:४५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेताको खोल ओढेर ठेकेदारहरूले बेथिति निम्त्याएका छन्, कारबाही हुन्छ : मन्त्री राई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ श्रावण २३ सोमबार १६:४५:००

भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले नेताको नाम लिएर विकास निर्माणमा बेथिति निम्त्याउने ठेकेदारहरूलाई ‘तह लगाउने’ चेतावनी दिएका छन् । सोमबार प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री राईले नेताको नाम लिएर ठेकेदारीमा दादागिरी गर्दै विकास निर्माणका काममा बेथिति ल्याउने ठेकदारहरूलाई ‘तह लगाउने’ चेतावनी दिएका हुन् । त्यस्ता ठेकदारहरूको खोजी भइरहेको भन्दै बेथिति निम्त्याउने ठेकेदारहरूलाई सरकारले नछाड्ने बताए । 

‘विकास निर्माणमा ठेकेदारहरूको बेथिति छ । विभिन्न नेताहरूको खोल ओढेर ठेकेदारहरूले बेथिति निम्त्याएका छन्,’ मन्त्री राईले भने, ‘हामी त्यसको खोजी गर्दै छौँ । बिस्तारै ठीक पार्छौँ । तपाईंहरू ढुक्क हुनुस् ठीक पार्छौँ ।’ उनले अहिले वैकल्पिक राजमार्गको विषयमा पनि बेथिति भइरहेको बताए । उनले मन्त्रिपरिषद्ले वैकल्पिक सहायक राजमार्गका बारेमा निर्णय गरिसकेकाले अब सहायक राजमार्गको मापदण्ड बनाएर कार्यान्वयन गर्ने प्रतिबद्धता पनि जनाए । 

मन्त्री राईले सार्वजनिक यातायातमा वैज्ञानिक भाडादरमा बेथिति नभएको दाबी गरे । स्वचालित मूल्य प्रणालीअनुसार नै भाडा समायोजन भइरहेको उनको भनाइ थियो ।  कार्यान्वयन नभएको अवस्थामा मन्त्रालय तत्काल कडाइका साथ कार्यान्वयन गर्न तयार रहेको बताए ।