Skip This
मदन पुरस्कारका लागि श्रेष्ठ आठ पुस्तकको सूची सार्वजनिक
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ श्रावण २३ सोमबार
  • Tuesday, 16 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण २३ सोमबार १३:३४:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

मदन पुरस्कारका लागि श्रेष्ठ आठ पुस्तकको सूची सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण २३ सोमबार १३:३४:oo

मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०७८’ का लागि श्रेष्ठ आठ पुस्तकको सूची सार्वजनिक गरेको छ । प्राप्त भएका दुई सय ९९ पुस्तकमध्ये आठ पुस्तकको सूची सार्वजनिक गरेको हो । 

पुरस्कारका लागि प्राप्त पुस्तकहरूमध्येबाट बढीमा १० पुस्तकको श्रेष्ठ सूची तयार गर्न गठन भएको समितिले आठ पुस्तकको नाम उपलब्ध गराएको हो । छनोटमा परेका यी पुस्तकहरूमध्ये एक पुस्तकलाई सर्वश्रेष्ठ पुस्तकका रूपमा वर्ष २०७८ को मदन पुरस्कार दिइने गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए ।

श्रेष्ठ आठ पुस्तकमा डा. नवराज लम्सालको अग्नि, डा. दामोदर पुडासैनी ‘किशोर’को ग्रिष्मको नीलो बतास, वसन्त बस्नेतको महाभारा, दीपा मेवाहाङ राईको यादको सन्दुक, डा. नयनाथ पौडेलको लिच्छवि लिपि, प्रा. नीलमणि ढुंगानाको व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश, सुजित मैनालीको सती : इतिहास र मीमांसा र पद्मसुन्दर जोशीको हिति प्रणाली छन् ।