मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ श्रावण २३ सोमबार १०:१३:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

बिआइबी कप आजदेखि

Read Time : < 1 मिनेट
२०७९ श्रावण २३ सोमबार १०:१३:००

 बौद्ध इन्टरनेसनल स्कुलको आयोजनामा पाँचौँ बिआइबी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबार (आज)देखि हुने भएको छ । प्रतियोगितामा विभिन्न २० विद्यालयका २५ टोलीको सहभागिता रहने बौद्ध इन्टरनेसनल स्कुलका प्रिन्सिपल हरि लामाले जानकारी गराए ।

पुरुषमा १३ तथा महिलामा १२ टोलीले प्रतिस्पर्धा गर्नेछन् । सहभागी टोलीलाई चार समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने इसिए इन्चार्ज सुव्रत राजोपाध्यायले बताए । पुरुषमा टिआइए तथा महिलामा रुपिज साबिक विजेता भएका थिए । यसपटक दुवै सहभागी छैनन् ।