Skip This
पहिरोमा परी घाइते भएका पुलसिङलाई हेलिकोप्टरबाट उद्धार
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ श्रावण २० शुक्रबार
  • Tuesday, 16 September, 2025
२o७९ श्रावण २० शुक्रबार १७:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पहिरोमा परी घाइते भएका पुलसिङलाई हेलिकोप्टरबाट उद्धार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण २० शुक्रबार १७:४१:oo

गोरखाको धार्चे गाउँपालिका- १ यारुबगर नजिकै पहिरोमा परी खच्चडधनी घाइते भएका छन्। चुमनुब्री गाउँपालिकामा खाद्यान्न पुर्‍याई तल फर्केका धार्चे ७ भिरकुनाका ३७ वर्षीय पुलसिङ गुरुङ घाइते भएका हुन्। 

यारुबगरमा खच्चडसित माथिबाट तल फर्किँदै गर्दा बिहान ९ः४५ बजेतिर माथिबाट पहिरोसँगै खसेको ढुंगा लागेर टाउकोमा गम्भीर चोट लागेको नेपाली सेनाको सडक निर्माण कार्यदलका क्याप्टेन श्रीकृष्ण श्रेष्ठले बताए। घाइते गुरुङको हात र खुट्टामा समेत गम्भीर चोट लागेको जानकारी दिए। 

चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाको समन्वयमा घाइते गुरुङलाई तत्काल हेलिकोप्टर बोलाएर उद्धार गरी काठमाडौं शिक्षण अस्पताल पुर्‍याइएको चुमनुब्री ३ जगतका विशालहिमाली घलेले जानकारी दिए। घाइतेलाई स्याहार सम्भार गर्न साथीको रूपमा स्थानीय दुईजनालाई पठाइएको पनि उनले बताए।