१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार २२:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

उपत्यकाभित्रै फैलियो डेँगु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार २२:४८:oo

संघीय राजधानी रहेको काठमाडौं उपत्यकाभित्रै डेँगु फैलिएको पाइएको छ । ललितपुरमा पछिल्लो एक महिनायता ५३ जनामा डेँगु संक्रमण पुष्टि भएको हो । 

ललितपुर महानगरपालिका र महालक्ष्मी नगरपालिकामा डेँगु फैलिएको अधिकारीहरूले जनाएका छन् । आगामी दिनमा संक्रमितको संख्या बढ्न सक्ने चिन्ता उनीहरूको छ । 

१५ असारयताको तथ्यांकअनुसार संक्रमितमध्ये ४५ जना ललितपुर महानगर र अन्य आठजना महालक्ष्मी नगरका हुन् । ललितपुर महानगरपालिकाको मानभवन, सानेपा, बागडोल, थसिखेल, महालक्ष्मीस्थान, पाटन, कुमारीपाटी, तिखेदेवल र महालक्ष्मी नगरपालिकाको इमाडोल र लुभु क्षेत्रमा डेँगु भेटिएको छ । यीमध्ये महानगरको वडा नम्बर ५ र १४ मा पर्ने थसिखेल र महालक्ष्मीस्थानमा मात्रै ३५ जना डेँगुका बिरामी भेटिएका छन् ।
 

ad
ad