मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ श्रावण १८ बुधबार १७:४२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

१५ दिनमा देखिए डेंगुका २८ बिरामी

Read Time : < 1 मिनेट
२०७९ श्रावण १८ बुधबार १७:४२:००

पछिल्लो दुई सातामा हेटौँडामा डेंगुका २८ बिरामी भेटिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार लामखुट्टेको टोकाइबाट हुने डेंगुका बिरामी हेटौँडामा बढ्दै गएका छन् । 
कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले साउन महिनाका १५ दिनमा २८ जना बिरामी अस्पताल आइपुगेको जानकारी दिए । तीमध्ये धेरैजसो बिरामी हेटौँडा उपमहानगरपालिका– ४ र ५ नम्बर वडाका बासिन्दा हुन् । उनीहरूको उपचार भइरहेको छ । यी दुई वडामा डेंगुको संक्रमण बढेको देखिएको छ ।
निजी स्वास्थ्य संस्थामा उपचार गराइरहेकाको रेकर्ड जिल्ला जनस्वास्थ्य कार्यालयमा नहुने भएकाले डेंगुका बिरामीको संख्या अझै बढी रहेको अनुमान गरिएको छ । सूचना अधिकारी घिमिरेले सबैले आवश्यक सर्तकता अपनाउनुपर्ने बताए ।