मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ श्रावण १७ मंगलबार
  • Monday, 14 July, 2025
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण १७ मंगलबार १५:o४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

देशलाई निर्दलीय अभ्यासतिर धकेलिएको छ : सांसद रावल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण १७ मंगलबार १५:o४:oo

नेकपा एमालेका सांसद डा. भीम रावलले देशलाई निर्दलीय अभ्यासतिर धकेलिएको बताएका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै रावलले यस्तो धारणा राखेका हुन्।

सांसद रावलले नेपालको संविधानको धारा २६९ ले समान विचारधारा, दर्शन, कार्यक्रम भएका व्यक्तिहरू एउटा राजनीतिक दलमा आबद्ध हुने र त्यस्ता दलले यही कुरा निर्वाचन आयोगमा दर्ता गर्नुपर्ने लेखिए पनि यसको खुलेआम उल्लंघन भइरहेको बताए।

‘कुनै पनि सार्वजनिक पद धारण गर्ने, शपथ लिनुपर्ने व्यक्तिले आफ्नो जिम्मेवारी वहन गर्दा प्रचलित कानुनको पालना गरी, मुलुक र जनताको भलो चिताई, कसैको डर नमानी, पक्षपात नगरी, पूर्वाग्रह वा खराब भावना नलिई इमानदारिताका साथ गर्नेछु भन्ने कुरा लेखिएको छ। तर, हाम्रो देशमा के देखियो भने विदेशीसँग थर्कमान भई, डर मानी, संविधान मिची, उल्लंघन गरी मनपरी गर्नेछु भन्नेजस्तो चरित्र देखिन थाल्यो,’ उनले भने।

सांसद रावलले विदेशीसँग खुलेआम साँठगाँठको काम तीव्र हुन थालेको भन्दै शपथग्रहण कार्यान्वयन नगर्नेलाई कारबाही गर्ने व्यवस्था गर्नसमेत माग गरेका छन्।