१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण १७ मंगलबार
  • Saturday, 05 July, 2025
२o७९ श्रावण १७ मंगलबार १२:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नवलपुरमा ट्रकले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण १७ मंगलबार १२:१८:oo

नवलपुरको मध्यबिन्दु नगरपालिका– १० अरुण खोलामा मंगलबार ट्रकले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बिहान ११ बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००८ ख १७०१ नम्बरको ट्रकले ठक्कर दिँदा पैदलयात्री स्थानीय ६५ वर्षका मानबहादुर दमाइको घटनास्थलमै मृत्यु भएको हो।

ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शव पोस्टमार्टमका लागि मध्यबिन्दु अस्पताल पठाएको प्रहरीले जनाएको छ।