मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण १७ मंगलबार
  • Monday, 16 December, 2024
फाइल तस्बिर
२o७९ श्रावण १७ मंगलबार o८:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नारायणीमा पानीको सतह बढ्दै : तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण १७ मंगलबार o८:५९:oo

नारायणी नदीको पानी सतर्कता तहनजिक पुगेको छ । नारायणी नदीको देवघाट बाढी मापन केन्द्रमा जलसतह सतर्कता तहनजिक पुगेको र पानीको सहत बढ्दो क्रममा रहेकाले नदीतटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।     
     
नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जिल्लाका पाँचवटा स्थानीय तह नारायणी नदीबाट प्रभावित हुने जनाउँदै नदीतटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरे । ‘पानी निरन्तर परिरहेको छ, नारायणी नदी बढ्दो क्रममा छ,’ उनले भने, ‘नारायणी नदी बढेर जुनसुकै वेला पनि दुर्घटना निम्त्याउन सक्छ, त्यसैले नदीतटीय बासिन्दाले उच्च सतर्कता अपनाउनुहोला ।’ आइतबार रातिदेखि निरन्तर रूपमा पानी परेपछि नदीमा पानीको सतह बढ्दै गएको हो ।     
     
सो नदीमा अहिले बिहान पानीको सतह सात दशमलव १८ मिटर पुगेको छ । देवघाट बाढी मापन केन्द्रमा जलसतह सात दशमलव तीन मिटरलाई सतर्कता तह र नौ मिटरलाई खतराको तह मानिएको छ ।