Skip This
ad
प्रस्तावित ऐनमा माग सम्बोधन नभएको भन्दै नायब सुब्बाहरू आन्दोलित
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार १२:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रस्तावित ऐनमा माग सम्बोधन नभएको भन्दै नायब सुब्बाहरू आन्दोलित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १२:३९:oo

सरकारकाले प्रस्तावित संघीय निजामती सेवा ऐनमा आफ्ना माग सम्बोधन नगरेको भन्दै नायब सुब्बाहरु आन्दोलनमा उत्रिएका छन्। सोमबार सिंहदरबारस्थित सामान्य प्रशासन मन्त्रालयअगाडि नायब सुब्बा बचाउ अभियानसहित अन्य सरकारी निकायका सम्पूर्ण नासुहरूले आन्दोलन गरेका हुन्।

नासुका रूपमा १० वर्ष काम गरेकाहरूलाई एक तह र १० वर्षभन्दा माथि काम गरेकालाई दुई तह बढुवा गर्ने व्यवस्था संघीय निजामती ऐनमा राख्नुपर्ने उनीहरूको माग रहेको छ। आफ्ना माग सम्बोधन नभएसम्म देशभरका २० हजार नायब सुब्बाहरूले देशभर सशक्त आन्दोलनका कार्यक्रम गर्ने उनीहरूले चेतावनी दिएका छन्।

त्यस्तै, आफूहरूको मागलाई समेटेर तत्काल संघीय निजामती ऐन जारी गर्नसमेत नासुहरूले माग गरेका छन्।  नायब सुब्बा बचाउ अभियन्ता नासु उत्तम कटुवालले प्रस्तावित संघीय निजामती ऐनमा आफूहरूको माग सम्बोधन नगर्दा अन्यायमा परेको बताए। नासुका लागि ३० प्रतिशत ज्येष्ठता, १० प्रतिशत आन्तरिक र १० प्रतिशत अन्तरसेवाको व्यवस्था हुनुपर्ने माग गरे पनि सरकारले आफूहरूको माग सुनुवाइ नगरेको उनको गुनासो छ। आफूहरूले राज्य सञ्चालनमा महत्वपूर्ण योगदान दिएको भन्दै नासुहरूले प्रस्तावित संघीय निजामति ऐनमा आफ्ना माग सम्बोधन नभए देशभर बृहत् आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

नायब सुब्बाहरूले प्रस्तावित ऐनमा संघ, प्रदेश र स्थानीय तहमा एकरूपता कायम गर्न, समयसीमा किटानका साथै सबै तहमा एउटै मितिबाट लागू हुने गरी प्रत्येक पाँच वर्षमा एक तह वृद्धि हुने गरी तहगत व्यवस्था राख्नुपर्ने माग रहेका छन्। राजपत्रांकित तृतीय श्रेणी शाखा अधिकृतसरहको पदपूर्तिमा ५० प्रतिशत खुला, ४० प्रतिशत बढुवा र १० प्रतिशत आन्तरिक प्रतिस्पर्धाको व्यवस्था हुनुपर्ने उनीहरूको माग छ ।

ad
ad