मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण १५ आइतबार
  • Tuesday, 08 April, 2025
‘शहीद मनोज जोशी प्रतिभा पुरस्कार’ ग्रहण गर्दै पत्रकार कृष्ण आचार्यका छोरा ओजनबाबु आचार्य ।
२o७९ श्रावण १५ आइतबार १७:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘सहिद मनोज जोशी प्रतिभा पुरस्कार’ पत्रकार आचार्यलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण १५ आइतबार १७:२३:oo

जिल्लाका वरिष्ठ पत्रकार कृष्ण आचार्यलाई ‘सहिद मनोज जोशी प्रतिभा पुरस्कार’ प्रदान गरिएको छ । वरिष्ठ पत्रकार आचार्यलाई सहिद मनोज जोशीको ३१औँ स्मृति दिवसको अवसरमा आज नगद दश हजार रुपैयाँ पुरस्कारस्वरूप प्रदान गरिएको हो । 

वरिष्ठ पत्रकार आचार्यले पत्रकारिताको माध्यमबाट समाजलाई सुसूचित गर्न पुर्याउनुभएको योगदानको कदर गर्दै ‘सहिद मनोज जोशी प्रतिभा पुरस्कार’ प्रदान गरिएको सहिद मनोज जोशी स्मृति प्रतिष्ठान खोटाङका अध्यक्ष कुमार आचार्यले बताए । पत्रकार आचार्यका जेठा छोरा ओजनबाबु आचार्यलाई नगद पुरस्कार र सम्मान–पत्र हस्तान्तरण गरिएको छ । 

वि.सं. २०३२ सालदेखि झापाको विवेचना अर्धसाप्ताहिकबाट पत्रकारिता सुरु गरेका पत्रकार आचार्य हाल जिल्लाबाट प्रकाशन हुँदै आएको खोटाङ खबर साप्ताहिकका प्रधानसम्पादक छन् । विगत ४७ वर्षदेखि सक्रिय रूपमा पत्रकारिता गरिरहेका पत्रकार आचार्यलाई वि.सं. २०७४ सालमा नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले प्रेस स्वतन्त्रता सेनानीको सम्मान दिएको थियो । 

वि.सं. २०४८ साउन–१५ गते बुधबार निजामती कर्मचारीले दिक्तेलमा निकालेको शान्तिपूर्ण जुलुसमा सहभागी बनेका मनोज जोशीको प्रहरीको गोली लागेर ज्यान गएको थियो । तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई सरकारसँग भएको सम्झौताअनुसारको सेवा सुविधा नदिइएको विरोधमा कर्मचारीहरूको अगुवाइमा निस्किएको शान्तिपूर्ण जुलुसमा सहभागी बनेका जोशीलाई दिक्तेलको हेलिप्याडमा प्रहरीको गोली लागेको थियो ।