सहरी विकासमन्त्री मेटमणि चौधरीले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई मन्त्रालय आउने निम्तो दिएका छन् ।
धरान उपहानगरमा शनिबार आयोजित एक कार्यक्रममा मन्त्री चौधरीले मेयर साम्पाङको तारिफ गर्दै भने, ‘उहाँले जसरी यो नगरमा विजय प्राप्त गर्नुभएको छ, त्यसको कारण म उहाँको इमानदारी र प्रतिबद्धता पाउँछु । मान्छेहरू राम्रो गर्छुभन्दा उडाउँछन् । हाँसोको विषय बनाउँछन् । तर, मलाई लाग्छ, गर्छु भनेपछि सकिन्छ पनि । मेयरसापले जुन अठोट लिनुभएको छ, त्यो अवश्य पूरा हुनेछ ।’
अधिकांश समय मेयर साम्पाङको तारिफमा खर्चिएका मन्त्री चौधरीले उनबाट नेपाली समाजले मात्र नभई अन्य समाजले पनि सिक्नुपर्ने चर्चा गरे । ‘मेयरसापले सुरु गर्नुभएका सबै योजनामा मेरो पूरै सहयोग रहनेछ । खानेपानीको विषयमा कुरा गर्न मन्त्रालयमा आउन म उहाँलाई निम्तो गर्छु ।’
मन्त्रीको कुरा सुनेपछि हाँस्दै मेयर साम्पाङले प्रश्न गरे, ‘म कहिले आउँ त मन्त्रीज्यू ? जवाफमा मन्त्री चौधरीले छिट्टै आउन आग्रह गरे । उनले धरानमा रहेको खानेपानी र बसपार्कको समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
मेयर हर्क साम्पाङले भने– म कहिले आउँ त मन्त्रीज्यू ?
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
४ हप्ता अघि
निजामती विधेयक मन्त्रिपरिषदबाट पारित
४ हप्ता अघि
गृह मन्त्रालयका एक सय कर्मचारीको सरुवा
४ हप्ता अघि
सुझावित समाचार
मंगलबार १० बजेसम्मका प्रमुख १० खबर
कहीँ नभएको जात्रा हाँडीगाउँमा [फोटोफिचर] आज मंगलबार हाँडीगाउँमा चोक्काथुनारायणको परम्परागत जात्रा मनाइँदै छ। कोजाग्रत पूर्…
एसएसबीका महानिर्देशक सिंघल काठमाडौंमा, सोमबारदेखि सीमा समन्वय बैठक
काठमाडौं/ सीमा समन्वयसम्बन्धी बैठकमा भाग लिन भारतको सशस्त्र सीमा बल(एसएसबी)का महानिर्देशक सञ्जय सिंघल काठमाडौं आएका छन् । …
प्रशासनिक प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. रामप्रसाद घिमिरे
काठमाडौं/ नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशनमा डा. रामप्रसाद घिमिरे नियुक्त भएका छन्। उनी पूर्वसचिव हुन्।&nb…
६८ केजी चाँदीसहित काठमाडौंमा भारतीय नागरिक पक्राउ
काठमाडौं/ ६८ केजी चाँदीसहित काठमाडौंमा एक भारतीय नागरिक पक्राउ परेका छन्। भारतको रक्सौल घर भएका १९ वर्षीय अमन सर्राफला…
नेसनल प्याब्सनको विशेष अधिवेशन चितवनमा हुने, विधान संशोधन मुख्य एजेन्डा
काठमाडौं/ राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन)ले विशेष अधिवेशन चितवनमा आयोजना गर्ने भएको छ…
गोलबजारका पूर्वमेयर र उपमेयरसहित सातविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । सिराहाको गोलबजार नगरपालिकाका पूर्वमेयर देवनाथ साहु तेली र उपमेयर रेशमकुमारी थापाविरुद्ध अख्तियारले विशेष अदालतम…