मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण १३ शुक्रबार १३:०३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

माओवादी अध्यक्ष प्रचण्ड एक सातापछि जापान जाने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण १३ शुक्रबार १३:०३:००

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एक सातापछि जापान जाने भएका छन् । जापानमा त्रियाशील नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन प्रचण्ड २१ साउनमा जापान जान लागेका हुन् । 

माओवादी स्थायी समितिको आजको बैठकमा उनले आफू २१ साउनमा जापान जान लागेको जानकारी गराएका थिए । प्रचण्ड देशबाहिर जाने भएपछि स्थायी समिति बैठकले पूर्वनिर्धारित कार्यक्रमहरू हेरफेर गरेको छ । 

प्रदेश १ को बैठक २६ गते र लुम्बिनीको २९ गते बस्ने भएका छन् । मधेस प्रदेश समितिको बैठक भदौ २, सुदूरपश्चिमको ४, प्रवासको ६ र सम्पर्क मञ्चको ८ गते बैठक बस्ने भएका छन् । ती सबै बैठकमा प्रचण्ड सहभागी हुने भएकाले सारिएका हुन् ।