मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण १३ शुक्रबार १२:०७:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सयपत्री हाइड्रोपावरको आइपिओ खुल्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण १३ शुक्रबार १२:०७:००

सयपत्री हाइड्रोपावर लिमिटेडको आइपिओ खुलेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा आइपिओ खोलेको हो । कम्पनीले सर्वसाधारणका लागि सात लाख २१ हजार ६० कित्ता साधारण सेयर निष्कासन गरेको हो ।

बाग्लुङको ताराखोला गाउँपालिकामा २.५ मेगावाट क्षमताको दरम खोला ‘ए’ जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन सुरु गरिसकेको छ ।
सयपत्रीले यसअघि प्रभावित क्षेत्र बाग्लुङ जिल्लाका बासिन्दाका लागि आइपिओ निकालेको थियो । 

छिटोमा १७ साउन र पर्याप्त आवादेन नपरे ढिलोमा २७ साउनसम्म आवेदन दिने म्याद थप हुनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ३० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले धितोपत्र निष्कासन तथा तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।