
तुल्सीपुरमा अपहरण गरेर ७ लाख माग्ने ६ जनालाई पक्राउ गरिएको छ। इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार दैलेखको चामुण्डाबिन्द्रसैनी नगरपालिका–३ बस्ने २७ वर्षीय केशवकुमार विकलाई अपहरण गरी ७ लाख मागेको भन्दै ६ जनालाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा बबई गाउँपालिका- ४ निवासी ३५ वर्षीय लीला विक, सोही ठाउँका ३५ वर्षीय नेवबहादुर घर्ती, तुल्सीपुर- ७ निवासी २६ वर्षीया निर्मला विक, तुल्सीपुर ४ खाद्रेनिवासी २५ वर्षीय सुकलाल विक, कपिलवस्तु शिवराज नगरपालिका- ९ बस्ने २० वर्षीय मनोज थारू र गाडीचालक प्युठान ७ घर भई हाल तुल्सीपुर- ६ बस्ने २४ वर्षीय जनक कुँवर रहेका छन्।