राष्ट्रपतिबाट विभिन्न मुलुकका लागि राजदूत नियुक्त

मंगलबार, १० साउन, २०७९
डिजिटल संस्करण

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा विभिन्न मुलुकका लागि नेपाली राजदूत नियुक्त गरेकी छिन्।

डा. शर्मिला पराजुली (ढकाल)लाई स्पेनका लागि नेपालको आवासीय राजदूतमा, मिलनराज तुलाधारलाई रुसी महासंघका लागि नेपालको आवासीय राजदूतमा, प्रा.डा. रामस्वार्थ रायलाई डेनमार्कका लागि नेपालको आवासीय राजदूतमा र गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूत डा. शंकरप्रसाद शर्मालाई भुटानका लागिसमेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरिएकाे राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

सुझावित समाचार