मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ श्रावण १० मंगलबार
  • Friday, 11 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण १० मंगलबार १२:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सडकआश्रित मानवको उपचारका लागि प्रहरी अस्पताल र मानवसेवा आश्रमबीच सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण १० मंगलबार १२:१९:oo

सडकआश्रित मानवहरूको स्वास्थ्योपचारलाई सहज बनाउन नेपाल प्रहरी अस्पताल र मानवसेवा आश्रमबीच सम्झौता भएको छ। मानवसेवा आश्रमको संरक्षणमा आइपुगेका बेवारिसे नागरिकको अस्पतालले स्वास्थ्य उपचार गर्ने सम्झौतामा उल्लेख छ।

सम्झौतापत्रमा महाराजगन्जस्थित नेपाल प्रहरी अस्पतालको तर्फबाट मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंह र मानवसेवा आश्रमका तर्फबाट संस्थाका संस्थापक एवं केन्द्रीय अध्यक्ष रामजी अधिकारीले हस्ताक्षर गरेका हुन्।

सम्झौतापश्चात् आश्रमको संरक्षणमा रहेका व्यक्तिहरूलाई विपन्न नागरिक उपचार कार्यविधि– २०७९ अन्तर्गत छुट्याइएको तीन शय्यामा राखी उपचार गरिने अस्पतालले जनाएको छ। अस्पतालमा भर्ना गर्नुपर्ने बिरामीका लागि भर्नापश्चात् औषधि र औषधिजन्य सामग्रीसमेत निःशुल्क उपलब्ध गराइनेछ।

यो सम्झौता एक वर्षका लागि रहेको बताइएको छ। हाल करिब एक हजार पाँच सय व्यक्ति मानवसेवा आश्रमको संरक्षणमा आश्रित छन्।