मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण १० मंगलबार ०७:०१:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

यामाहा नेपालको नयाँ अफर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण १० मंगलबार ०७:०१:००

नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता यामाहा नेपालले बहुसुविधासहितको नयाँ इएमआई योजना ल्याएको छ । कम्पनीले आर्थिक मन्दीको असरलाई ध्यानमा राखी सेवाग्राहीलाई सहुलियतपूर्ण इएमआईमा यामाहाको कुनै पनि बाइक–स्कुटर उपलब्ध गराउने योजना ल्याएको हो । 

कम्पनीका अनुसार योजनाअन्तर्गत यामाहाको कुनै पनि बाइक–स्कुटर लिन चाहने सेवाग्राहीले अब ४० प्रतिशत रकम मात्र अग्रिम भुक्तानी गरी १८ महिना, २४ महिना र ३० महिनासम्मको अधिक फाइनानसिङ सुविधाहरूको लाभ लिन सक्नेछन् । कम्पनीले एफजेड १६ एफआई, एफजेड एक्स एफआई डब्ल डिस्क, एफजेड एक्स भी ०३ एक्स–कनेक्ट, एफजेड एक्स मोडेलका मोटरसाइकल ४० प्रतिशत अग्रिम भुक्तानीमा पाइने जनाएको छ । 

रेजेडआर ड्रम १२५, रेजेड ११३ र रेजेडआर स्ट्रिट ¥याली १२५ एक्स कनेक्ट मोडलका स्कुटरहरू खरिद गर्न चाहनेहरूले पनि ४० प्रतिशत अग्रिम भुक्तानीमै लिन सक्ने कम्पनीले जनाएको छ । त्यस्तै, एम्टी १५ बिएन्डबी, आर १५ भी ३, र आर १५ एम मोडलको बाइक खरिद गर्ने चाहनेहरूले भने ५० प्रतिशत अग्रिम भुक्तानी गर्नुपर्ने जनाइएको छ । यसका लागि एमएडब्लू इन्भेस्टमेन्ट प्रालिले कर्जा उपलब्ध गराउने कम्पनीले जानकारी दिएको छ ।