मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ श्रावण ९ सोमबार १०:१६:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

गायक परियारले  दिए छात्रवृत्ति

Read Time : < 1 मिनेट
२०७९ श्रावण ९ सोमबार १०:१६:००

गायक शिव परियारले सर्लाहीस्थित आफैँ अध्ययन गरेको विद्यालयका सात विद्यार्थीलाई ४९ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरेका छन् । उनले सर्लाहीको श्री सरस्वति मावि हजरियाका विद्यार्थीका लागि प्रत्येक वर्ष छात्रवृत्ति वितरण गर्दै आएका छन् ।

विद्यालयमा आयोजित कार्यक्रममा कक्षा ११ मा अध्ययन गर्ने सात विद्यार्थीले यस वर्षको ‘गरिब तथा जेहेन्दार छात्रवृत्ति ०७९ प्राप्त गरे । सात विद्यार्थीलाई जनही सात हजार रुपैयाँका दरले ४९ हजार रुपैयाँ छात्रवृत्ति वितरण गरिएको विद्यालयका प्रधानाध्यापक भरत महतोले जानकारी दिए । 

छात्रवृत्ति पाउनेमा सुशीलाकुमारी तत्मा, अरुण पासवान, समीक्षाकुमारी चौधरी, कुमार पुलामी मगर, शिवजी मुखिया विन, ललिताकुमारी साह र गान्धी महतो छन् । उनीहरूलाई वडाध्यक्ष पुष्कल राउतले छात्रवृत्ति हस्तान्तरण गरे । आर्थिक अभावमा शिक्षाको यात्रा नरोकियोस् भन्ने उद्देश्यले आफूले शिक्षा लिएको विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको गायक परियारले नयाँ पत्रिकालाई बताए ।