१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण ८ आइतबार
  • Sunday, 06 July, 2025
२o७९ श्रावण ८ आइतबार २१:३५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

एमालेले सुरु गर्‍याे निर्वाचनकेन्द्रित अभियान : कमजोेरी सुधार्ने, सत्तागठबन्धनको भण्डाफोर गर्ने 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण ८ आइतबार २१:३५:oo

आगामी संघ र प्रदेशको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले आइतबार पोखराबाट देशव्यापी अभियान सुरु गरेको छ । एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अभियानको सुरुवात गरेकी हुन् । गण्डकी प्रदेशको राजधानी पोखराबाट सुरु गरिएको अभियान देशका अन्य ६ प्रदेशमा पनि क्रमशः सुरु हुने बताइएको छ । 

भेला एवं प्रशिक्षणमा सहभागी हुन प्रदेशका ११ वटै जिल्लाबाट पार्टीका नेता तथा कार्यकर्ताहरू पोखरा आएका थिए । कार्यक्रममा प्रदेश कमिटी सदस्यहरू, प्रदेश विभाग सदस्यहरू, जिल्ला कमिटीका सदस्य र सल्लाहकारहरू, जनसंगठनका केन्द्रीय र प्रदेश सदस्यहरू, स्थानीय पालिका र जिल्ला समन्वय समितिका जनप्रतिनिधिहरू सहभागी  थिए । 

सहभागीहरूलाई आगामी निर्वाचनमा एमालेको भूमिका कस्तो रहने भन्ने विषयमा केन्द्रित रहेर पार्टीका उपाध्यक्ष शाक्य, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव पद्यमा अर्याल, संगठन विभाग प्रमुख खगराज अधिकारी, केन्द्रीय अनुशासन आयोगका सचिव भरतराज पहारीलगायतले प्रशिक्षण दिएका थिए । अभियानका लागि गण्डकीमा एमालेले एक हजार पाँच सय कार्यकर्ता परिचालन गर्ने जनाएको छ ।

अभियानले एमालेलाई जनतासँग जोड्ने, वर्तमान सरकारले गरेका राष्ट्रघाती कदम, जनविरोधी गतिविधि, महँगी, भष्ट्राचार, असमान विकास बजेटको वितरण, परिवारको नाममा भएका ट्रस्टहरूमा करौडौँ वितरण गरी राज्यको रकम दुरुपयोग, वैदेशिक हस्तक्षेप, एमालेको पालामा जारी गरेको चुच्चे नक्साको बारेमा भारतसँग गर्नुपर्ने कूटनीतिक कदमको विषयमा सरकार लम्पसारवादी बनेको, सीमा अतिक्रमण भई रहँदा सरकार मुकदर्शक बनेको, बजेट निर्माण गर्दा भएको नीतिगत भ्रष्टाचार, एमसिसी, एसपिपीलगायत सत्तारुढ गठबन्धनले गरेको अन्य ज्यादतीहरूको भण्डाफोर गर्ने मुख्य काम रहेका एमाले गण्डकी प्रदेश कार्यालय सचिव माधव बाँस्तोलाले जानकारी दिए ।

आगामी निर्वाचनमा गण्डकी प्रदेशमा नेकपा एमालेलाई पहिलो शक्तिको रूपमा स्थापित गर्नको लागि अभियानको प्रमुख भूमिका रहने एमाले गण्डकीले जनाएको छ । स्थानीय निर्वाचनमा भएका कमीकमजोरीहरू आगामी निर्वाचनमा दोहोरीकन नदिनको लागि संगठन सुदृढीकरणको कामलाई व्यवस्थित गर्न लागेको सचिव बाँस्तोलाको भनाइ छ ।  

आन्तरिक कमजोरी सुधारेर अघि बढ्न उपाध्यक्ष शाक्यको निर्देशन
प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले स्थानीय तहको निर्वाचनमा भएको आन्तरिक कमीकमजाेरीलाई सुधार गर्दै आउँदो निर्वाचनको तयारीमा जुट्न सहभागीहरूलाई निर्देशन दिएकी छिन् । अन्य प्रदेशको तुलनामा स्थानीय निर्वाचनमा गण्डकीमा पार्टीको स्थान बलियो रहेकाले आउँदो निर्वाचनमा हालको अवस्थामा सुधार गर्दै पार्टीलाई पहिलो शक्ति बनाउने काममा लाग्न सहभागीहरूलाई शाक्यले निर्देशन दिइन् । 

देशव्यापी रूपमा एमालेको जनाधार बलियो रहेको र पार्टीमा इमान्दार कार्यकर्ता रहेकाले आउँदो संघ र प्रदेशको निर्वाचनमा एमाले पहिलो शक्ति बन्ने उनको दाबी थियो ।