निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असोज ९ आइतबार
  • Sunday, 25 September, 2022
२०७९ श्रावण ८ आइतबार ११:००:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

कांग्रेसभित्रका अन्तर्घातीलाई  दण्डित गर्नुपर्छ : पौडेल

Read Time : < 1 मिनेट
२०७९ श्रावण ८ आइतबार ११:००:००

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संगठनका कारणभन्दा पनि अन्तर्घातका कारण पार्टी कमजोर बन्दै गएको बताएका छन् । कांग्रेस तनहुँ जिल्ला कार्यसमितिले आज दमौलीमा आयोजना गरेको स्थानीय तह निर्वाचन समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफैँभित्रको अन्तर्घातले कांग्रेस खुम्चिन पुगेको उल्लेख गरे । ‘पार्टीभित्र अन्तर्घातको सुरुआत धेरै अगाडिबाट भयो, आफैँभित्रको अन्तर्घातले खुम्चिन पुगेका छौँ, यसमा समीक्षा हुन जरुरी छ, यसमा आत्मनिरीक्षण हुन जरुरी छ,’ उनले भने, ‘यसमा कसैले पनि ढाकछोप गर्ने प्रवृत्तिलाई प्रोत्साहन गर्न हँुदैन, ढाकछोप गर्दै जाँदा गल्ती दोहोरिँदै जान्छ ।’

वरिष्ठ नेता पौडेलले अन्तर्घातीलाई दण्डित गर्नुपर्ने बताए । ‘अन्तर्घाती कुनै न कुनै रूपबाट दण्डित हुनुपर्छ, पार्टीले कारबाही गरेर ननिकाले पनि त्यसलाई समाजले दण्डित गर्छ,’ उनले भने ।

पैसावालाहरूको बोलावाला बढ्दै जाने र निष्ठावान् कार्यकर्ता पाखा लाग्दै जाने प्रवृत्तिको अन्त्य गर्नुपर्ने वरिष्ठ नेता पौडेले बताए । ‘यसले लोकतन्त्र त कमजोर हुन्छ हुन्छ, राष्ट्रियता नै समाप्त हुने खतरामा बढ्दै जान्छ,’ उनले भने । गठबन्धन आदर्श र सिद्धान्तका कारण नगरिएको बताउँदै वरिष्ठ नेता पौडेलले कांग्रेसविरुद्ध महागठबन्धन बन्ने भएकाले त्यसलाई रोक्न गठबन्धन गरिएको बताए ।

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले गठबन्धन गरेर लोकप्रिय काम नगर्ने हो भने सरकारमा बसिरहनुको पनि अर्थ नहुने बताए । उनले चुनावमा गठबन्धन नगरी बहुमत ल्याउने हो भने लोकप्रिय काम गर्नुपर्ने आवश्यकता रहेको बताए ।