Skip This
प्रेस युनियन निर्वाचन : यस्तो छ उम्मेदवारको अन्तिम नामावली (सूचीसहित)
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ श्रावण ७ शनिबार
  • Tuesday, 16 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण ७ शनिबार १२:२५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रेस युनियन निर्वाचन : यस्तो छ उम्मेदवारको अन्तिम नामावली (सूचीसहित)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण ७ शनिबार १२:२५:oo

नेपाली कांग्रेसनिकट पत्रकारहरूको संगठन नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन शुक्रबारदेखि जारी छ। हेटौँडामा जारी महाधिवेशनले प्रेस युनियनको नेतृत्वसहित अन्य पदाधिकारी चयन गर्नेछ।

अन्तिम नामावलीअनुसार अध्यक्ष पदका लागि संस्थापन पक्षबाट अनिता बिन्दु र संस्थापनइतर पक्षबाट शिव लम्साल चुनावी मैदानमा छन्। बिन्दुको प्यानलबाट महासचिवमा जगन्नाथ दुलाल तथा वरिष्ठ उपाध्यक्षमा सरोज अधिकारीले उम्मेदवारी दर्ता गरेका छन्।

उपाध्यक्ष खुला पदमा भीष्मराज ओझा र शेखर रेग्मी, महिला उपाध्यक्षमा कल्पना शर्मा तथा उपत्यका उपाध्यक्षमा निरज खतिवडाको उम्मेदवारी परेको छ। संस्थापन पक्षबाटै प्रदेश १, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा क्रमशः हेमराज दाहाल, रोशनकुमार न्यौपाने, गिरिजाप्रसाद अधिकारी, ओमकार आचार्य, माधवप्रसाद अर्याल, भानुभक्त खड्का र मुकुन्दप्रसाद भण्डारीको उम्मेदवारी छ।

यता संस्थापनइतर समूहका लम्सालको प्यानलबाट महासचिवमा दिलीप पौडेल तथा वरिष्ठ उपाध्यक्षमा प्रेम केसीको उम्मेदवारी परेको छ। उपाध्यक्ष खुलामा राममणि दाहाल र नकुल अर्याल, महिला उपाध्यक्षमा सलोजा दाहाल तथा उपत्यका उपाध्यक्षमा जीवन भण्डारीको उम्मेदवारी छ।

त्यसैगरी, प्रदेश १, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा क्रमशः डिल्लीराम खतिवडा, अनिल कर्ण, मुरारी अधिकारी, ऋषिकान्त पौडेल, जनार्दन घिमिरे, राजेन्द्र कार्की र प्रेम चुनाराले उम्मेदवारी दिएका छन्।

करिब आठ वर्षपछि प्रेस युनियनको महाधिवेशन भइरहेकाे हो। युनियनको नयाँ नेतृत्व र पदाधिकारी चयनका लागि आजै मतदान हुनेछ।

हेर्नुहाेस् अन्तिम नामावली :