१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २५ मंगलबार १६:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक दासानायकेको राजीनामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १६:३५:oo

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएका छन् । श्रीलंकाली मूलका क्यानेडियन प्रशिक्षक दासानायकेले आफ्नो व्यक्तिगत समस्या देखाउँदै बुधबार पत्रकार सम्मेलनमा आफ्नो पदबाट राजीनामा घोषणा गरेका हुन् । 

उनले आफ्नो निर्णय अहिलेसम्मकै कठिन निर्णय रहेको भन्दै व्यक्तिगत कारणले राजीनामा दिनुपरेको बताए । नेपाल क्रिकेट संघ (क्यान)ले प्रशिक्षक दासानायकेलाई गत गत वर्ष मंसिरमा खुला छनोटबाट दुई वर्षका लागि दोस्रोपटक नियुक्त गरेको थियो । उनले एक वर्ष पनि नपुग्दै पदबाट राजीनामा दिएका छन् । 
     
दासानायकेले सन् २०११ देखि २०१५ सम्म नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षको जिम्मेवारी बहन गरेका थिए । उनको पहिलो कार्यकालमा नेपालले निकै ठूलो र ऐतिहासिक सफलता हासिल गरेको थियो । सन् २०१४ मा बंगलादेशमा आयोजित आइसिसी टी–२० विश्वककप प्रतियोगितामा नेपालले पहिलोपटक सहभागिताको मौका पाएको थियो ।

त्यस्तै, उनकै प्रशिक्षणमा नेपालले डिभिजन चारदेखि एकसम्मको यात्रा तय गरेको थियो । उनको पहिलो कार्यकाल निकै फलदायी भए तापनि दोस्रो कार्यकालले खासै सफलता हासिल गर्न सकेन ।  

यसैसाता स्कटल्यान्डमा सम्पन्न आइसिसी विश्वकप क्रिकेट लिग– २ अन्तर्गत घरेलु टोली स्कटल्यान्ड र नामिवियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजमा सफलता हासिल नगरेपछि उनी आलोचित बन्न पुगेका थिए । त्यतिवेला नेपालले खेलेका चारमध्ये तीन खेलमा हार र एक खेलमा जित हात पारेको थियो । पछिल्लो समय राष्ट्रिय क्रिकेट टोलीको खराब नतिजाका कारण उनी दबाबमा परेका थिए । 

ad
ad