१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण ३ मंगलबार
  • Wednesday, 26 June, 2024
सोनी राई सोलुखुम्बु
२o७९ श्रावण ३ मंगलबार १८:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

कुकुर जोगाउँदा सोलुखुम्बुमा बोलेरो दुर्घटना, ६ जना घाइते

Read Time : < 1 मिनेट
सोनी राई, सोलुखुम्बु
नयाँ पत्रिका
२o७९ श्रावण ३ मंगलबार १८:२४:oo

सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा बोलेरो जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। सोलुदुधकुण्ड नगरपालिका वडा नं ५ र ६ को सीमामा पर्ने खोल्सामा बालेरो दुर्घटना हुँदा जिपमा सवार ६ जना घाइते भएका हुन्। 

घाइतेको उद्धार गरी जिल्ला अस्पताल फाप्लु लगेर उपचार भइरहेको प्रहरीले जनाएको छ। मंगलबार मध्याह्न करिब ५ बजेको समयमा थुलुङ दुधकोसी गाउँपालिका ८ देउसाबाट सदरमुकाम सल्लेरी आउने क्रममा सडकमा हिँडिरहेको कुकुर जोगाउनका लागि ब्याक गर्दा प्रदेश नं ३–०१–०२४ च ८८७८ नम्बरको बोलेरो खोल्सामा खसेको हो।

घाइते हुनेहरूमा एक वृद्ध र एक बालिका पनि रहेको जनाइएको छ। उद्यपि, उनीहरूको परिचय खुल्न बाँकी छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।  

ad
ad
ad
ad