१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका बेंग्लोर
२o८१ बैशाख २० बिहीबार o७:५६:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

खेल्दाखेल्दै  रिङमै किक बक्सरको निधन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, बेंग्लोर
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:५६:oo

खेलमैदानमै खेलाडी निधन हुने समाचार आइरहन्छन् । वर्षभरि नै खेलाडीको खेल क्षेत्रमै निधन हुने घटना धेरै हुन्छन् । मैदानमा राम्रो प्राथमिक उपचार पाउँदा खेलाडी बाँचेका इतिहास पनि छन् । कतिपयले राम्रो उपचार मैदानमा नपाउँदा ज्यान गुमाएका उदाहरण पनि छन् । 

बेंग्लोरमा यसै साता एक जिल्लास्तरीय किक बक्सिङ प्रतियोगितामा एकजना किक बक्सरले प्राथमिक उपचार नपाउँदा ज्यान नै गुमाए । ९–१० जुलाईसम्म बेंग्लोरको एक जिल्लामा किक बक्सिङ प्रतियोगिता आयोजना भएको थियो । निखिल सुरेश नामका खेलाडी रिङमै चोटग्रस्त भएका थिए ।

तत्कालै उनलाई नजिकको अस्पतालमा भर्ना गरियो । चिकित्सकहरूले किक बक्सिङ खेलाडी सुरेशको निधन बाटोमै भएको जनाएका छन् । अभिभावक तथा प्रशिक्षकले प्रतियोगिताका आयोजकको कमजोरीका कारण सुरेशको निधन भएको आरोप लगाएका छन् । ‘खेल्दाखेल्दै सुरेश रिङमा ढले, प्रतियोगिताका आयोजकले कुनै पनि एम्बुलेन्स तथा मेडिकल टिमको व्यवस्था गरेका थिएनन्,’ सुरेशका पिताले भने, ‘मार्सल आर्ट खेलमा यो दुवै व्यवस्था अनिवार्य रूपमा हुनुपर्ने थियो ।’

प्रतियोगिताका आयोजकले एम्बुलेन्स तथा मेडिकल टिम राखेको भए आफ्नो छोरो जीवित रहने सुरेशका पिताले बताएका छन् । ‘यदि यी दुवै व्यवस्था प्रतियोगिता स्थलमा हुँदा आज मेरो छोरो जीवित रहन्थ्यो होला,’ उनले भने, ‘छोराको समयमै उपचार भएन ।’ 

किक बक्सर सुरेशको निधन भएपछि प्रतियोगिताका आयोजक फरार छन् । भारतीय राष्ट्रिय किक बक्सिङ संघले बेंग्लोरमा आयोजना भएको प्रतियोगिताबारे आफूलाई केही जानकारी नभएको स्पष्ट पारेको छ । सुरेश जिल्लादेखि केन्द्रस्तरकै प्रतिभावान् खेलाडीमा पर्थे । छोटो समयमै सुरेशले भारतमा आयोजना भएका राष्ट्रियस्तरका खेलमा राम्रो प्रदर्शन गरेका थिए ।

उनलाई भारतका युवा किङ बक्सिङमध्ये उदयमान खेलाडीका रूपमा हेरिएको थियो । सुरेशका प्रशिक्षक नागराजले सामाजिक सञ्जालमा दुःख व्यक्त गरेका छन् । ‘आज समयमै उपचार नहुँदा मेरो प्रिय शिष्य सुरेशको निधन भएको छ,’ प्रशिक्षक नागराजले भनेका छन्, ‘मैले एक छोरा गुमाएको छु र आत्माले शान्ति पाओस् ।’

ad
ad