मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असार ३१ शुक्रबार २१:२३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विश्व निकेतन पुगेका मेयर बालेन्द्र भन्छन्– विद्यालयको गुणस्तरको मानक महानगरमै रहेछ  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असार ३१ शुक्रबार २१:२३:००

काठमाडौं महानगरपालिकाका मेयर  बालेन्द्र  शाह त्रिपुरेश्वरस्थित विश्व  निकेतन माध्यमिक विद्यालयमा पुगेका छन् । घरदैलो  कार्यक्रमअन्तर्गत उनी शुक्रबार त्यहाँ पुगेका हुन् । उनले १३५ शिक्षक र कर्मचारीहरूको संयुक्त प्रयासबाट  सो  विद्यालयले  आफूलाई शैक्षिकस्तरको मानक बनाएको बताएका छन् । 

‘त्रिपुरेश्वरको राहदानी विभागको पछाडि एउटा स्कुल छ, विश्व निकेतन माध्यमिक विद्यालय । यसको स्थापना २००३ सालको माघ १९ मा भएको थियो । अहिले यसमा कक्षा १ देखि १२ सम्म पढ्ने विद्यार्थीको संख्या ४ हजार छ,’ मेयर बालेनले  सामाजिक सञ्जालमा लेखेका छन्, ‘१ सय ३५ शिक्षक र कर्मचारीहरुको संयुक्त प्रयासबाट यो स्कुलले आफुलाई सरकारी शैक्षिक स्तरको मानक बनाएको छ ।’ 

विश्व निकेतनले विद्यालयको गुणस्तरका लागि मानक र उदाहरणहरू त हाम्रै महानगरमा पनि छन् भन्ने आफूलाई  लागेको उनको भनाइ छ । ‘महानगरका लागि शिक्षाक्षेत्रको यो नमुना उपयोगी हुनेछ । याद गर्नैपर्छ, सरकारी स्कुललाई प्राथमिकतामा नराखी, सरकारी स्कुलको शिक्षा सर्वसुलभ र गुणस्तरीय नहुन्जेल देश अगाडि बढ्छ भन्ने सोच्नु दिवास्वप्न मात्र हो,’ उनले लेखेका छन् ।