१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o६:५६:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

लुम्बिनीद्वारा  उपाधि रक्षा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:५६:oo

साविक विजेता लुम्बिनी प्रदेशले १२औँ केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि रक्षा गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा भएको प्रतियोगितामा लुम्बिनीले सर्वाधिक १६ स्वर्ण, ११ रजत र ११ कांस्य जित्दै ६ खेल समावेश प्रतियोगितामा समग्रमा टिम च्याम्पियन बनेको हो । गत संस्करणमा पनि लुम्बिनीले सर्वाधिक पदक जित्दै उपाधि हात पारेको थियो । 

बागमती प्रदेशले १६ स्वर्ण, ९ रजत र २० कांस्य जित्दै दोस्रो स्थान रक्षा गर्‍यो । सुदूरपश्चिम प्रदेश आठ स्वर्ण, ९ रजत र आठ कांस्यका साथ तेस्रो भयो । कुल ५० स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । गण्डकी र कर्णालीले समान पाँच स्वर्ण हात पारे । गण्डकीले समान ११ रजत र कांस्य पनि जित्यो । कर्णालीले १० रजत र १५ कांस्य हासिल गर्‍यो । 

चार कीर्तिमान
प्रतियोगितामा चार कीर्तिमान बने । चारै कीर्तिमान लुम्बिनीका खेलाडीको नाममा रह्यो । निशा चौधरीले मात्र दुई व्यक्तिगत र एक टिममा कीर्तिमान बनाइन् । तीन दिनसम्म चलेको प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसुमा पाँच सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए । 

निशाले तोडिन्  सिनियरको कीर्तिमान
लुम्बिनी प्रदेशकी निशा चौधरीले प्रतियोगिताअन्तर्गत एथलेटिक्समा सिनियरको राष्ट्रिय कीर्तिमान तोडेकी छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको छात्रा लङजम्पमा निशाले ५.४७ मिटर जम्प गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् । शिला चौधरीले सन् २०१८ अप्रिल २३ मा ५.४५ मिटरको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । जुनियरमा यो स्पर्धाको कीर्तिमान विपना परियारको नाममा ५.०९ मिटर थियो । निशाले मंगलबार एक सय मिटर दौडमा १२.५३ सेकेन्ड समय निकाल्दै जुनियर राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । निशासहित रेशु थारू, रामकुमारी थारू र सम्झना थारू सम्मिलित लुम्बिनी प्रदेशले ४ गुणा १ सय मिटर रिले ५४.२० सेकेन्डमा पूरा गर्दै जुनियर राष्ट्रिय कीर्तिमान स्थापित गर्‍यो । 

भलिबल : भलिबलको छात्रमा गण्डकी तथा छात्रामा बागमतीले उपाधि जितेका छन् । राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको छात्र फाइनलमा गण्डकीले लुम्बिनीलाई २५–११, २५–१०, २०–२५, २०–२५ र १५–१२ को सेटमा पराजित ग¥यो । छात्राको उपाधि भिडन्तमा बागमतीले लुम्बिनीलाई २१–२५, २५–२१, २१–२५, २५–१९ र १५–७ ले हरायो ।

 कबड्डी : कबड्डीको छात्रमा पनि सुदूरपश्चिम च्याम्पियन बन्यो । पाँच टोली सहभागी छात्रको राउन्ड रोविन लिगमा शतप्रतिशत जित निकालेको सुदूरपश्चिमले सर्वाधिक आठ अंक जोड्यो । लुम्बिनी ६ अंकसाथ उपविजेता बन्यो । यसैगरी मार्सल आर्ट्समा बागमतीकै दबदबा रह्यो । कराते, तेक्वान्दो र उसुमा बागमती टिम च्याम्पियन बन्यो ।
 

ad
ad