आज संसदीय छानबिन समितिको बैठक बस्दैछ । बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्दैछ ।
बैठकल कार्यविधि अनुसार अर्थमन्त्रालयबाट कागजात मगाउने, सीसीटीभी फुटेज मगाउने, बजेट निर्माणमा संलग्नसँग सोधपुछ गर्ने र स्थलगत अनुगमन गर्ने कार्यक्रम रहेको छ ।