१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २९ बुधबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ असार २९ बुधबार ११:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ठमेल पर्यटन विकास परिषद्को निर्वाचनमा अधिकारीको प्यानल घोषणा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ असार २९ बुधबार ११:५२:oo

ठमेल पर्यटन विकास परिषद्को निर्वाचनमा ध्रुव अधिकारीको समावेशी प्यानल घोषणा भएको छ। असार ३२ गते हुने परिषद्को निर्वाचनका लागि अधिकारी समूहको प्यानल घोषणा भएको हो । 

सो समूहबाट अध्यक्ष ध्रुव अधिकारी,उपाध्यक्षमा  राजुमान डंगोल, गीता गुरुङ र  महेश महर्जन, महासचिवमा राजीव पाण्डे, सचिवमा रामचन्द्र गिरी (बिल्ला)र कोषाध्यक्षमा पुन्यराम लागेजु उम्मेदवार बन्ने भएका हुन्।

त्यस्तै, सदस्यमा कमल भण्डार, रञ्जयमान प्रधान, श्रीकृष्ण थपलिया र  विनोद श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । परिषद्को निर्वाचनका लागि गठबन्धनको तर्फबाट  यसअघि भविश्वर शर्मा समूहले उम्मेदवारी घोषणा गरेको थियो । परिषद् निर्वाचनमा दुई समूहबीच प्रतिस्पर्धा हुने देखिएको छ।