बुधबार जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय विस्तारित बैठक बस्दै छ । केन्द्रीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको बैठक काठमाडौंमा बस्दै छ भने कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव पक्षको बैठक वीरगन्जमा बस्दै छ ।
पछिल्लो समय द्वय अध्यक्षबीच पार्टीमा खटपट सुरु भएको छ । मंगलबारको बैठकमा अध्यक्ष भट्टराईले अर्का अध्यक्ष उपेन्द्र यादवले पदको लोभ गरेकाे, अन्य कम्युनिस्ट र कांग्रेस पार्टीसरह नै वैकल्पिक रूपमा उदाएको पार्टी जसपा पनि सिकार भएको बताएका थिए ।