१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २९ बुधबार
  • Wednesday, 26 June, 2024
२o७९ असार २९ बुधबार o६:२३:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

विद्युत् आपूर्ति नहुँदा २० दिनदेखि उदयपुर सिमेन्ट उद्योग बन्द

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार २९ बुधबार o६:२३:oo

विद्युत् आपूर्ति नहुँदा उदयपुर सिमेन्ट उद्योग २० दिनदेखि बन्द भएको छ । गत ९ असारमा सिराहाको लाहानमा रहेको विद्युत्को टावरमा चट्याङले क्षति पुर्‍ याएर विद्युत् आपूर्ति रोकिएपछि उद्योग बन्द भएको हो । विद्युत् आपूर्ति नहुँदा सरकारी स्वामित्व रहेको उदयपुर सिमेन्ट उद्योग लिमिटेडद्वारा उत्पादित गैँडा छाप सिमेन्टको उत्पादन ठप्प भएको महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले बताए । उनका अनुसार उद्योग बन्द हुँदा अहिले दैनिक रूपमा ७२ लाख ३० हजार घाटा भइरहेको छ । 

महाप्रबन्धक न्यौपाने भन्छन्, ‘२० दिनको अन्तरालमा अहिलेको उत्पादन क्षमताअनुसार १४ करोड ४६ लाख घाटा भएको छ । अब अझै कति घाटा हुने हो, त्यो थाहा छैन ।’ उद्योग पूर्ण रूपमा सञ्चालन गर्न ६ दशमलव ५ मेगावाट विद्युत् आवश्यक पर्छ । तर, अहिले विद्युत् प्राधिकरणले दुई मेगावाट मात्र उपलब्ध गराउँदै आएको छ । 

उनका अनुसार विद्युत्को टावर नै पड्केको जानकारी विद्युत् प्राधिकरणले दिएसँगै मर्मतको काम सुरु गरेको छ । उनले भने, ‘चट्याङले बिग्रेको टावरको अहिले पनि मर्मत जारी रहेको छ । अझै तीन दिन मर्मतका लागि लाग्ने भएको छ । पूर्ण रूपमा मर्मत नभईकन उद्योग सञ्चालनमा आउन सक्दैन ।’नेपाल विद्युत् प्राधिकरण उदयपुर वितरण केन्द्र गाईघाटका प्रमुख पंकज गोइतले उद्योगलाई आवश्यक पर्ने विद्युत् उपलब्ध गराइरहेको बताएका छन् । उनले भने, ‘उद्योगलाई विद्युत् प्राधिकरणले शून्य विद्युत् उपलब्ध गराएको छैन ।’ 

आवश्यक पर्ने दैनिक दुई मेगावाट दिइरहेका छौँ । तर, समस्या भोल्टेजको हो । विद्युत् भोल्टेजलाई सन्तुलन गर्ने उद्योगको क्यापिसिटर बैंक नै बिग्रेको छ । त्यो मर्मत गर्ने हो भने उद्योग चल्छ ।’ देशमा भएका ठूला–ठूला उद्योगहरूले पनि विद्युत्को भोल्टेजको सन्तुलन गर्न क्यापिसिटर बैंक राख्ने गरेको बताउँदै उनले भने, ‘न्यूनतम दुई मेगावाटमा सञ्चालन हुने उद्योग दैनिक ६ मेगावाट विद्युत् नपाएर घाटा भयो भन्न सुहाउँदैन । समस्या उद्योगको क्यापिसिटर बैंकमा छ । हामीले क्यापिसिटर बैंक मर्मत गरेर उद्योग सञ्चालन गर्न अनुरोध गर्दै पत्रसमेत पठाएका छौँ ।’

प्रमुख गोइतले गत असार ९ गते लाहानमा भएको विद्युत्को टावरमा रहेको ६३ एमभिए क्षमताको ट्रान्सफर्मरको मर्मत अन्तिम अवस्थामा पुगेको पनि बताए । उनले भने, ‘चट्याङले क्षति नपुग्दा विद्युत्को प्रशस्त भोल्टेज दिँदै आएका थियौँ । उद्योग सञ्चालनमा थियो । अहिले चट्याङले ६३ एमभिए क्षमताको ट्रान्सफर्मरमा क्षति पुर्‍यायो । मर्मत जारी छ । भोल्टेजको समस्या छ । अनि उद्योग बन्द भयो भनिएको छ ।’

ad
ad
ad
ad