१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o६:१५:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

होटेल ए वान क्याफे भेन्युको २०औँ शाखा काठमाडौंको कोटेश्वरमा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:१५:oo

रोयल ए वान फास्टफुट ग्रुपद्वारा सञ्चालित होटेल ए वान क्याफे भेन्युको २०औँ शाखा काठमाडौंको कोटेश्वरमा सोमबारदेखि सञ्चालनमा आएको  छ । सोमबार कोटेश्वर चोकनजिकै  खुलेको उक्त भेन्युको बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले उद्घाटन गरे । 

होटेल उद्घाटन गर्दै बागमती प्रदेशका सभामुख श्रेष्ठले होटेल ए वान क्याफे भेन्युले होटेल तथा पर्यटनको क्षेत्रमा ठूलो योगदान दिएको बताए । उनले ए वान क्याफे भेन्युले उद्यमशीलता, रोजगारी, पर्यटन प्रवर्द्धन र उत्पादनको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको बताए । सभामुख श्रेष्ठले भेन्युले शाखा विस्तारसँगै गुणस्तरीय सेवा दिनुपर्ने बताए ।

काठमाडौं उपत्यकामा एक दशक लामो समयदेखि होटेल ए वान क्याफेले बैंक्वेट सञ्चालन गर्दै आएको र रोजगारी क्षेत्रमा राज्यलाई सहयोग गरेको सभामुख श्रेष्ठको भनाइ छ । त्यस्तै, रोयल ए वान समूहका सञ्चालक राकेश श्रेष्ठले ‘खाद्य स्वच्छता र सेवामा उत्कृष्टता’ दिने गरी कोटेश्वरमा पनि नयाँ होटेल क्याफे भेन्युसहित नयाँ शाखा  खोलिएको बताए । श्रेष्ठका अनुसार काठमाडौं उपत्यकामा होटेल ए वान क्याफे भेन्युका २० वटा शाखा, होटेल रेस्टुरेन्ट तथा पार्टी प्यालेस सञ्चालनमा रहेका छन् । 

होटेल ए वान क्याफे भेन्युले युवालाई उद्यमशीलतामा जोड्ने, युवालाई स्वरोजगार बनाउने, रोजगारी सिर्जना गर्ने र नेपाली उत्पादन वस्तुको प्रोत्साहनलाई प्राथमिकता दिएको उनले बताए । सञ्चालक श्रेष्ठका अनुसार क्याफेले आर्थिक–सामाजिक रूपान्तरण, स्वच्छ–सफा गुणस्तरीय रमणीय वातावरणसहित सेवासहित पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्‍याउँदै आएको बताए । उनले रोयल ए वान ग्रुपले काठमाडौंमा मात्रै नभए ग्रामीण क्षेत्रमा समेत सेवा विस्तार गरिरहेको बताए ।

नयाँ खुलेको होटेल ए वान क्याफे भेन्यु शाखामा हजारजनाले एकैसाथ सेवा लिन सक्नेछन् । यो भेन्युमा विवाह, व्रतबन्ध, पार्टी, सेमिनार ,गोष्ठी, भेला तथा समारोहलगायतका लागि स्वच्छ र सफा वातावरणसहितको सेवा उपलब्ध रहेको छ। ए वान होटेलले विभिन्न शाखामार्फत प्रत्यक्ष रूपमा पाँच  सयजनालाई रोजगारी प्रदान गरेको छ  भने एक सय ३५ जनालाई  उद्यमशील बनाएको छ।

ad
ad