मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २७ सोमबार
  • Sunday, 22 December, 2024
गाओ जियान
२o७९ असार २७ सोमबार o९:o८:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

बेलायती संकट र जोनसनको राजीनामा

Read Time : > 2 मिनेट
गाओ जियान
नयाँ पत्रिका
२o७९ असार २७ सोमबार o९:o८:oo

दर्जनौँ मन्त्रीको राजीनामापछि बोरिस जोनसनले बिहीबार कन्जरभेटिभ पार्टीको प्रमुखबाट राजीनामा दिएका छन् र यसले बेलायतमा नयाँ प्रधानमन्त्रीका लागि बाटो खोलेको छ । नतिजा ब्रेक्जिट अर्थात् युरोपेली संघबाट अलग्गिएपछि थेरेसा मेझैँ बोरिस जोनसनले पनि आफ्नो कार्यकाल पूरा गर्न सकेनन् । सन् २०१६ मा ब्रेक्जिटपछि बेलायतले घरेलु राजनीति र विश्व राजनीतिमा भएका घटनाक्रमका कारण बारम्बार आफ्नो राजनीतिक नेतृत्व परिवर्तन गर्दै आएको छ । यी घटनाक्रमले अमेरिकालगायत पश्चिमी राष्ट्रमा आर्थिक विकासमा देखिएको संरचनागत द्वन्द्व र त्यहाँ व्याप्त सामाजिक शासकीय संकटलाई झल्काउँछ ।

जोनसनको राजीनामा स्वाभाविक थियो र यो ढिलोचाँडो आउनु नै थियो । जोनसनसँग पूर्वप्रधानमन्त्री मेको तुलनामा बेलायती राजनीतिका लागि हुनुपर्ने कर्तव्य एवं जिम्मेवारीको वास्तविक बोध थिएन र उनीसँग संकटमा घटनाक्रमलाई परिवर्तन गर्ने राजनीतिक विवेकको कमी पनि देखियो । जोनसन सरकारको समयमा अवसरवादले राजनीतिक जीवनको गम्भीरतालाई पूर्ण रूपमा प्रतिस्थापन गरेको छ र विदेशमा बेलायतको प्रतिष्ठालाई उल्लेखनीय रूपमा क्षति पुर्‍याएको छ । उनको ‘पार्टिगेट’ प्रकरण (कोभिड– १९ महामारीका वेला भेलालगायत राजनीतिक कार्यक्रम)ले आमजनताको नजरमा सरकारको छवि बिगार्‍यो ।    

जोनसनका व्यक्तिगत आचरण, राजीनामा र पार्टीमा अस्वीकार हुनका लागि महत्वपूर्ण कारक हो । यद्यपि, यी आचरण कुनै पनि कोणबाट कन्जरभेटिभ पार्टीले जोनसनलाई अस्वीकार गर्ने निर्णायक कारक भने होइन । जोनसनले बेलायतको हालको राजनीतिक अस्थिरताको सुरुवात गरेका होइनन् र उनको राजनीतिक अवसानसँगै बेलायती अस्थिरताको अन्त्य पनि हुँदैन । वास्तवमा बेलायती सरकारले ब्रेक्जिटपछि मुलुकको भविष्यलाई अन्धकारको गर्तमा धकेलेको हो । बेलायती राजनीतिक जीवनको मुख्य विशेषता अराजकता र अस्थिरता हुन् । कोभिड– १९ महामारीका कारण बेलायती समाजको जीविकोपार्जनका समस्या ब्रेक्जिटपछि समाधान नभई झन् जटिल बनेको छ । यति हुँदाहुँदै पनि कन्जरभेटिभ पार्टी सरकारले सामाजिक एवं जीविकाका समस्या समाधानसँग सम्बन्धित नीति तथा कार्यक्रम ल्याउन सकेन । राजनीतिक जीवनको निष्क्रियता र औपचारिक सीमितता बेलायती समाजको प्रमुख दीर्घकालीन रोग हो ।

धेरै अर्थमा जोनसन आधुनिक बेलायती राजनीतिको जीवन्त बिम्ब हुन् । बेलायती कन्जरभेटिभ पार्टीको अत्यधिक लोकरिझ्याइँवादी छविले आधुनिक बेलायती समाजले वास्तवमा जिम्मेवारी लिन र केही फरक ल्याउन सक्ने राजनीतिज्ञ उत्पादन गर्न असमर्थ भएको स्पष्ट संकेत गरेको छ । बेलायती राजनीति देशको इतिहासको यो निर्णायक मोडमा दुरावस्थामा पुग्नु कुनै पनि कोणबाट संयोग होइन ।

बेलायतको परराष्ट्रनीति आन्तरिक सामाजिक शासनजस्तै कठिन अवधिबाट गुज्रिरहेको छ । जोनसन र थेरेसाले सन् २०१६ मा पहिलोपटक ‘ग्लोबल ब्रिटेन’ अर्थात् ‘वैश्विक बेलायत’को कार्यक्रम ल्याएका थिए । वस्तुनिष्ठ रूपमा भन्नुपर्दा ‘ग्लोबल ब्रिटेन’को कूटनीतिक रणनीति वास्तवमा विकासको कानुनमा आधारित एक अग्रगामी कूटनीतिक योजना हो । र, यसले अन्तर्राष्ट्रिय मामिलामा वरिष्ठ मुलुक भई सहभागी हुन खोज्ने बेलायतको रणनीतिक साक्षरता र स्तरलाई मूर्तरूप दिन्छ । यद्यपि, पछिल्ला केही वर्षमा बेलायतको कूटनीतिक आचरणले आफ्नै ‘ग्लोबल स्ट्राटिजी’ अर्थात् ‘वैश्विक रणनीति’को कूटनीतिक खाका त्यागेको छ ।

बेलायतको हालको राजनीतिक अस्थिरताको सुरुवात जोनसनले गरेका होइनन् र उनको राजनीतिक अवसानसँगै बेलायती अस्थिरताको अन्त्य पनि हुँदैन
 

वर्तमान बेलायती कूटनीतिको आधारभूत विशेषता के हो भने बेलायतले शीतयुद्धपछिको समयमा राखेको अमेरिकासँगको लामो समयदेखिको परम्परागत विशेष सम्बन्धलाई जारी राख्नु नै हो । अन्तर्राष्ट्रिय मामिलामा आफ्नो प्रभाव र गैरपश्चिमी राष्ट्रसँग व्यवहार गर्दा बेलायतले आफ्नो लेनदेनको शक्ति बढाउने प्रयासमा बेलायतले सक्रिय रूपमा अमेरिकाको विश्वव्यापी वर्चस्ववादी विदेशनीतिमा एउटा कठपुतलीको भूमिका निभाइरहेको छ ।

उदाहरणका रूपमा अमेरिका–चीन सम्बन्धलाई हेर्न सकिन्छ । जोनसनले पदमा बहाल भएदेखि चीनप्रति बेलायतको विदेशनीति शीतयुद्ध र औपनिवेशिक संस्कृतिको विचारधाराले निर्देशित गरेका थिए । तैपनि, कन्जरभेटिभ पार्टीका केही प्रभावशाली सदस्यले बेलायत–चीन सम्बन्धलाई सैद्धान्तिक बनाउन अथक प्रयास गरेका छन् । यति हुँदाहुँदै पनि यी प्रभावशाली सदस्यले पश्चिमा मूल्य–मान्यताकेन्द्रित सिद्धान्त र पश्चिमा सभ्यता श्रेष्ठ छ भन्ने विचारलाई कहिल्यै हटाउन सकेनन् जसले चीनमा बेलायतको कूटनीतिक हितलाई अपूरणीय क्षति पुर्‍याएको छ । यद्यपि, बेलायती राजनीतिमा विश्वव्यापी प्रचलनलाई बेवास्ता गर्ने बलियो राजनीतिक शक्ति अल्पमतमा छैनन् भन्ने विषयलाई पनि ख्याल गरिनुपर्छ । त्यसकारण जोनसनको राजीनामाले बेलायती परराष्ट्रनीतिको दिशामा खासै प्रभाव पार्नेछैन । बेलायती कूटनीतिलाई साँचो अर्थमा ‘वैचारिक मुक्ति’को आवश्यकता छ । के बेलायती राजनीतिक वृत्तले यसबारे सोचेको छ ? 

उसो त बेलायत एक आर्थिक शक्ति हो र बेलायतको आर्थिक अवस्थालाई कम आँक्न सकिँदैन, तर यो बलियो आर्थिक सामथ्र्यको दिनानुदिन क्षय हुँदै गइरहेको छ । केही दिनअघि मात्रै बेलायतका विदेशमन्त्री लिज ट्रसले रुसी नागरिकको बेलायतमा रहेको सम्पत्ति कब्जा गरेर त्यसलाई युक्रेन पठाउन चाहेको घोषणा गरेका थिए । यस्तो दृष्टिकोणले मौलिक रूपमा बेलायती कर्पोरेट संस्कृतिको उल्लंघन गर्छ । बेलायतको प्रतिष्ठा र छवि अहिले ब्रिटिस साम्राज्यकालपछिको सबैभन्दा न्यून बिन्दुमा झरेको देखिन्छ । कुनै समय ‘सूर्य कहिल्यै नअस्ताउने’ साम्राज्य भनेर सम्बोधन गरिएको राष्ट्रले आफ्नो सूर्य चाँडै अस्ताएको देखिरहेको छ ।
द ग्लोबल टाइम्सबाट (गाओ सांघाई इन्टरनेसनल स्टडिज विश्वविद्यालयका शोधकर्ता हुन्)