१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २४ शुक्रबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ असार २४ शुक्रबार २१:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बालेनकाे पहिलाे बजेट पारित

काठमाडौं महानगरको साढे २५ अर्बको बजेट पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ असार २४ शुक्रबार २१:११:oo

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष ०७९–८० को बजेटसँगै नीति तथा कार्यक्रम पारित गरेको छ । २५ अर्ब ४१ करोड ९६ लाखको बजेट पारित भएसँगै महानगरको ११औँ अधिवेशन शुक्रबारबाट सकिएको छ  ।

मेयर बालेन्द्र शाहले ५ असारमा नीति तथा कार्यक्रम र उपमेयर सुनिता डंगोलले १० असारमा बजेट अधिवेशनमा प्रस्तुत गरेका थिए ।

बहुतले पार्किङको ‘फ्लोर एरिया रेसियो’ ४ कायम

अधिवेशनले भवन मापदण्ड २०७५ पनि संशोधन गरेको छ । महानगरमा पार्किङका लागि छुट्टै नीति नभएकाले पार्किङ व्यवस्थापनलाई सहज बनाउन मापदण्डमा केही संशोधन गरिएको हो। मापदण्डअनुसार बहुतले पार्किङको फ्लोर एरिया रेसियो (फार) लाई ४ कायम गरिएको छ । 

योसँगै अब ‘सेडब्याक’ छोडेर बाँकी सबै जमिनमा निर्माण कार्य गर्न पाइनेछ । ‘मेकानिकल’ र ‘स्टिल स्ट्रक्चर’मा थप १ ‘फार’ उपलब्ध हुनेछ । यो मापदण्ड स्मारक क्षेत्रमा भने लागू हुनेछैन । संशोधनअनुसार महानगर आफैँले चार किल्ला तोकेर सम्पदा क्षेत्र बनाउन सक्ने र त्यसका लागि छुट्टै मापदण्ड बनाउन सक्ने व्यवस्था गरेको छ ।  

तीनवटा समिति गठन 

बैठकले नगर सभाअन्तर्गत तीनवटा समिति पनि गठन गरेको छ । बैठकले लेखा, विधायन र विकास तथा सुशासन गरी तीनवटा समिति गठन गरेको हो । लेखा समिति संयोजकमा गायत्री पुडासैनी, विधायन समितिमा रूपा थापा र विकास तथा सुशासन समितिमा सिर्जना भेटवाल संयोजक चयन भएका छन् ।