साझा यातायातले आज बिहीबारदेखि तीन विद्युतीय बस सञ्चालनमा ल्याएको छ। चीनबाट पहिलो चरणमा आएका यी तीन विद्युतीय बस परीक्षणपश्चात् आजदेखि सञ्चालनमा ल्याइएका हुन्।
दुईवटा बस रत्नपार्क, ठमेल नयाँ बसपार्क हुँदै एयरपोर्टको रुटमा चल्नेछ भने अर्को बस लगनखेल, रत्नपार्क हुँदै बुढानीलकण्ठ रुटमा चल्नेछ। यी बसमा चालक र सहचालक महिला रहनेछन्।
तस्बिरहरू :