१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार o७:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

बालचित्र पुस्तक ‘रातो घेरो’ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o७:१४:oo

बाल यौन दुर्व्यवहारबाट कसरी जोगिन सकिन्छ ? भन्ने विषयमाथि तयार पारिएको बालचित्र पुस्तक ‘रातो घेरो’ सार्वजनिक भएको छ । लेबनानी लेखक समर महफुज मराजले लेखेको यो पुस्तकले सन् २०१५ को अरबी बाल पुस्तक पुरस्कार प्राप्त गरेको थियो ।

अरबी बाल पुस्तक पुरस्कार प्राप्त ‘रातो घेरो’ पुस्तकको नेपाली भाषामा अनुवाद कथालयकी प्रमुख कार्यकारी अधिकृत सुनिती अमात्यले गरेकी हुन् । यस पुस्तकमा मोना यजान र मायरा एल माएरका चित्र समावेश छन् । 

वासिम काकाले पार्किङमा रातो रङ लगाउने कुरा सुनेको अभिषको जिज्ञासाबाट सुरु भएको कथामा विशेषगरी बाल यौन दुर्व्यवहारबाट कसरी जोगिने भन्ने विषयलाई जोड दिइएको छ । रातो घेरोले निषेधको संकेत गरेको अर्थमा आफ्नो शरीरलाई पनि रातो घेराभित्र रहेको बुझ्नुपर्ने आमाले अभिषलाई सम्झाउँछिन् ।

शरीरमा अरूले छुनै नहुने गोप्य अंगहरू पनि छन् भनेर बुझाएपछि अभिषमा थप जिज्ञासा बढ्छ । कसैले दुर्व्यवहारको कोसिस गरे कसरी जोगिने ? कस्तो प्रतिक्रिया दिने ? कसलाई सुनाउने ? यस्तै प्रश्नहरूको जिज्ञासा मेटाउँदै पुस्तकले अभिभावकलाई पनि सचेत गराउँछ ।

लेखक समर महफुज लेबनानी लेखक, कवि, नाटककार, गीतकारका साथै बालबालिकाका पुस्तक अनुवादकसमेत हुन् । उनी शैक्षिक प्रकाशनका निम्ति पनि काम गर्छिन् । हालसम्म उनका ६० भन्दा बढी पुस्तक प्रकाशन भइसकेका छन् । उनी बालबालिकाका साथै वयस्कका लागि पनि लेखन र प्रशिक्षण कार्याशाला सञ्चालन गर्छिन् । 

ad
ad