मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २१ मंगलबार
  • Monday, 16 December, 2024
गणेश लम्साल विराटनगर
२o७९ असार २१ मंगलबार १४:o४:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

प्रदेश १ मा एमालेकी नयाँ सांसदले लिइन् शपथ 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७९ असार २१ मंगलबार १४:o४:oo

प्रदेश १ सभामा एमालेकी नयाँ नियुक्त सांसद हिमादेवी बस्नेतले शपथ लिएकी छिन्। सरकारी कागज किर्ते मुद्दामा दोषी ठहर भएकी १ नम्बर प्रदेश सांसद गुलेफुन मियाँले राजीनामा दिएपछि एमालेको सिफारिसमा निर्वाचन आयोगबाट सूचीअनुसार नियुक्त भएकी धनकुटाकी हिमा बस्नेतले मंगलबार प्रदेश सभामुख प्रदीपकुमार भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएकी हुन्।

प्रदेश सभामा आयोजित शपथ कार्यक्रममा प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राई, मन्त्रीहरू, दलका नेता, सांसद र पत्रकारहरूको सहभागिता थियो। किर्ते कागजात प्रयोग गरेर देवरलाई ठगी गर्न खोजेको मुद्दामा जिल्ला अदालत मोरङको फैसलालाई उच्च अदालत विराटनगरले पनि सदर गरेपछि समानुपातिक सांसद मियाँले पदबाट राजीनामा दिएकी थिइन्। त्यसपछि एमालेले बन्द सूचीअनुसार खस–आर्य समुदायकी बस्नेतलाई सांसद नियुक्त गर्न सिफारिस गरेको थियो।

प्रदेश १ सभामा हाल  जम्मा ९० सांसद छन्। जसमा कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादीका तीन, संघीय लिम्बुवान मञ्चको एक र राप्रपाका एक तथा नवनियुक्तसहित मुख्य प्रतिपक्षी दल एमालेका ३९ सांसद छन्। प्रदेश १ मा हाल एमाले र राप्रपाबाहेकको संयुक्त गठबन्धनको सरकार छ।